गृहपृष्ठ ∕ नेपाल ∕ लाङ्टाङ पदमार्गमा लडेर फ्रान्सेली नागरिक मोलको निधनलाङ्टाङ पदमार्गमा लडेर फ्रान्सेली नागरिक मोलको निधन नेपालीपत्र शुक्रबार, २०८० कात्तिक २४ गते, १०:२३ मा प्रकाशित नेपाल प्रतीकात्मक तस्बिररसुवा । रसुवाको हिमाली क्षेत्रमा पदयात्रामा आएका एक पर्यटकको लडेर मृत्यु भएको छ । फ्रान्सका नागरिक ६८ वर्षीय प्याट्रिक जेन मारिइ मोलको बिहीबार लडेर निधन भएको हो ।प्रहरी नायव उपरीक्षक सुभाष बुढाथोकीका अनुसार बिहीबार रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्याङ्जेन जाने प्रमुख पदमार्गअन्तर्गत लाङ्टाङ गाउँ आसपासको लुम्थाङमा लडेर मोल घाइते भएका थिए ।मोल काठमाडौँको त्रिनेत्र ट्रेकिङ एजेन्सीमार्फत लाङ्टाङको क्याङ्जेन जाँदै थिए । उनको लाङ्टाङ क्षेत्रको सुरक्षामा खटिएका नेपाल प्रहरी र नेपाली सेना विष्णुदल गणका सुरक्षाकर्मीले उद्धार गरेका थिए ।मोललाई फिस्टेल हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौँ लगिएको थियो । हावाईमार्गबाट उपचारका लागि लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।ट्रेकिङ एजेन्सीले पाको उमेरका पर्यटकलाई सावधानीपूर्वक यात्रा गराउन छुट्टै पथप्रर्दशक वा सहयोगी व्यक्ति व्यवस्था गर्न आवश्यक हुन्छ । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार आज महाअष्टमी: विभिन्न शक्तिपीठमा बलीसहित विशेष पूजा गरिँदैकाठमाडौँ । बडादशैंको आठौँ दिन आज दुर्गा भवानीको पूजा गरी महाअष्टमी पर्व मनाइँदै छ। महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने आज फुलपाती, घर–घरमा उखुदेखि अशोकको फूलसम्म भित्र्याइदैकाठमाडौँ । प्रत्येक वर्ष दुर्गा पक्ष अन्तर्गत आश्विन शुक्ल सप्तमीका दिनमा मनाइने फूलपाती पर्व आज घर घरमा शास्त्रीय विधि अनुसार नेपाली र अमेरिकी समलिङ्गी पुरुषबीच विवाह दर्ताचितवन । नेपाली समलिङ्गी पुरुष र अमेरिकी नागरिकबीच विवाह दर्ता भएको छ । नेपाली समलिङ्गी पुरुषले नेपालमा अमेरिकी समलिङ्गी पुरुषसँग धौलागिरि पर्वतारोहणमा पाँच रूसी नागरिकको मृत्यु, ३ जनाको उद्धारकाठमाडौँ । धौलागिरि हिमाल पर्वतारोहण गर्ने क्रममा पाँच जना रूसी नागरिकको मृत्यु भएको छ। मंगलबार बिहान पाँच जना रूसी पर्वतारोहीको निर्णायक तहमा महिलाको प्रतिनिधित्व अझै सन्तोषजनक छैन: राष्ट्रपति पौडेलकाठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले केही क्षेत्रमा महिलाको उपस्थिति आशलाग्दो देखिए पनि निर्णायक तहमा प्रतिनिधित्व अझै सन्तोषजनक नभएको बताएका छन् लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष छुपिमायाको निधनकाठमाडौँ । लमजुङको दूधपोखरी गाउँपालिकाकी पूर्वअध्यक्ष एवं कांग्रेस नेतृ छुपीमाया गुरुङको निधन भएको छ । केही समय देखि गुरुङ पाठेघरकोधेरै पढिएका खबर १ हनुमानढोकाको दशैंघरमा राखियो जमरा २ प्रधानमन्त्री उद्धार कोषमा नेपाल बैँकको २ करोड ३ एमालेद्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख प्रदान गर्ने निर्णय ४ शान्ति प्रक्रियाका बाँकी काम चाँडै पूरा गर्ने प्रधानमन्त्री ओलीको प्रतिबद्धता ५ विजय कुमार शाह परिवारले काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ४ करोड रुपैयाँ प्रदान गर्ने ६ अध्यागमन कार्यालयको छवि सुधार गर्न आवश्यक छ: गृहमन्त्री लेखक ७ आजदेखि दशैं शुरुThe Film Nepal