Techie IT
२०८१ साउन ९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालजनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

जनताको कामलाई प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनताका कामलाई प्राथमिकता दिएर सेवा गर्न कर्मचारीलाई निर्देशन दिएका छन्। रुकुम पूर्व पुगेका प्रधानमन्त्री प्रचण्डले सो जिल्लाका कार्यालय प्रमुखहरुसँगको भेटमा जनताको कामलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएको उनको सचिवालयले जनाएको छ।

कार्यालय प्रमुखहरुसँगको भेटमा प्रधानमन्त्रीले जनताको काममा कुनै ढिलाइ नगर्न तथा सुशासनलाई विशेष ध्यान दिन निर्देशन दिए। प्रधानमन्त्रीले सरकारले देशमा सुशासन, सामाजिक न्याय र सम्वृद्धिका लागि अघि बढेको जनाउँदै त्यसमा साथ दिन आग्रह गरे। रुकुम पूर्वका विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड आज त्यहाँ पुगेका हुन्।

यस्तै, प्रधानमन्त्री रुकुम पूर्वको विकट गाउँका रुपमा परिचित पुथा उत्तरगङ्गाको मैकोट पुगेका छन्।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक

काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न पाँच बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक डाकेका छन् । बुधबार बिहान सौर्य एयरलाइन्सको

एक वर्षमा पाथीभरामा चार करोड भेटी संकलन

ताप्लेजुङ । यहाँ रहेको प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एक वर्षमा करिब चार करोड रुपैयाँ भेटी संकलन भएको छ । स्वदेश तथा

त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा आयो

काठमाडौँ । त्रिभुवन विमानस्थल पुनः सञ्चालनमा आएको छ । बिहान ११ बजे सौर्य एयरलाइन्सको जहाज दुर्घटना भएपछि विमानस्थल बन्द गरिएको

सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेका १९ जनामध्ये १८ जनाको निधन

काठमाडौँ । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा १८ जनाको निधन भएको छ । जहाजमा पाइलट सहित १९ जना सवार थिए ।

विमान दुर्घटनाः क्याप्टेन शाक्यलाई उद्धार गरेर केएमसी अस्पताल लगियो

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा भएको सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते क्याप्टेनको उद्धार भएको छ । क्याप्टेन मनीष शाक्यलाई

बंगलादेशबाट १७ सय नेपाली विद्यार्थी फर्किए

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले बंगलादेशबाट १७ सय नेपाली विद्यार्थी फर्किएको जानकारी दिएकी छिन् । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन

Techie IT