Techie IT
२०८२ असार २६, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालकार्य सम्पादन प्रभावकारी बनाउन पूर्वमुख्यसचिव पौडेलको संयोजकत्वमा गृहले बनायो अध्ययन समिति

कार्य सम्पादन प्रभावकारी बनाउन पूर्वमुख्यसचिव पौडेलको संयोजकत्वमा गृहले बनायो अध्ययन समिति


काठमाडौँ। गृह मन्त्रालयले पूर्वमुख्य सचिव लिलामणि पौडेलको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ। कार्य सम्पादन प्रभावकारी बनाउन गर्नुपर्ने उपाय तथा कार्ययोजना तयार गर्न मन्त्रालयले पौडेलको संयोजकत्वमा अध्ययन समिति गठन गरेको हो।

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आज गृह मन्त्रालयमा पत्रकार सम्मेलन आयोजान गर्दै यसबारे जानकारी दिएका हुन्।

समितिमा पौड्यालसहित शरदचन्द्र पौडेल, शंकर प्रसाद कोइराला, लक्ष्मीप्रसाद ढकाल, प्राध्यापक डा. खङ्ग केसी, पूर्वप्रहरी महानिरीक्षक प्रकाश अर्याल, पूर्वसशस्त्र प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठ, समाजशास्त्री डा. विन्दु पोखरेल, सूचना प्रविधि विज्ञ विजय गौतम रहेका छन्।

सदस्य सचिवको जिम्मेवारी नीति योजना महाशाखा सहसचिवलाई दिइएको छ। मन्त्री श्रेष्ठले समितिका संयोजक तथा सदस्यहरु सबैले स्वयंसेवकको रुपमा काम गरी तीन महिनाभित्र प्रतिवेदन बुझाउन समय दिइएको बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मोरङबाट ८०२ किलो गाँजा बरामद

विराटनगर । मोरङको धनपालथान गाउँपालिका–१ स्थित उखु घारीबाट ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरिएको छ । इलाका प्रहरी कार्यालय रंगेली,

म्याग्दीको धवलागिरिमा थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थाल्यो

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका–४ बाँसबोटको भीरबाट खसेको पहिरोले हिजो दिउँसो थुनिएको म्याग्दी नदी पुरानैलयमा बग्न थालेको छ । धवलागिरि

रोल्पा थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन

काठमाडाैँ । रोल्पाको थबाङका प्रमुख प्रशासकीय अधिकृतसहित सात जना कर्मचारी सम्पर्कविहीन भएका छन् । थबाङ गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका

अब स्वास्थ्य बीमामार्फत बिरामीले २ लाख सुविधा पाउने स्वास्थ्य मन्त्री…

काठमाडौँ । स्वास्थ्य बीमा कार्यक्रममा आवद्धले अब पहिलेभन्दा दोब्बर उपचार सहायता प्राप्त गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले बताएका

रसुवा बाढीमा बेपत्ताको खोजी र उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को बैठकले रसुवाको बाढीमा बेपत्ताको खोज–उद्धार कार्यलाई निरन्तरतासहित थप प्रभावकारी बनाउन सम्बन्धित

सहमति जुटेपछि चिकित्सक सङ्घको आन्दोलन स्थगित

काठमाडाैँ । सरकार र आन्दोलनरत नेपाल चिकित्सक सङ्घबीच सहमति जुटेको छ । आन्दोलनरत चिकित्सक र सरकारबीच हिजो बेलुका तीन बुँदे

Techie IT