Techie IT
२०८० मंसीर २१, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालजलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा छः प्रधानमन्त्री

जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा छः प्रधानमन्त्री


काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको बताएका छन्। मंगलबार काठमाडौँमा भएको राष्ट्रिय जलवायु सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले जलवायु परिवर्तनका कारण नेपाल उच्च जोखिममा रहेको बताएका हुन्।

परिवर्तित जलवायुले मनसुन वर्षाको प्रकृति, मात्रा तथा समय तालिकामा व्यापक परिवर्तन, तापक्रम वृद्धि तथा वर्षामा आएको फेरबदल, प्रकोप र विपद्का वृद्धि र अतिशय घटनाका कारण हामीले बहुपक्षीय चुनौतीहरूको सामना गर्नु परिरहेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ।

उनले जलवायु परिवर्तनको असर विशेष गरी हिमाली क्षेत्रमा हिमताल पग्लिने र विस्फोट हुने, पहाडी क्षेत्रमा पहिरो र सुख्खा खडेरी तथा तराई मधेसमा बाढी पहिरोको रूपमा देखिन थालेको बताए।

‘उच्च तापक्रम वृद्धिले गर्दा यस क्षेत्रमा रहेका हिमालका दुई तिहाइ हिमभण्डार पग्लिने अध्ययनहरुले देखाएका छन्’, प्रधानमन्त्री प्रचण्डले भने, ‘हिमाल, पहाड, र तराई मधेसमा बसोबास गर्ने गरिब, साना किसान, सीमान्तकृत आदिवासी, जनजाति, महिला, बालबालिका, अशक्त, तथा जेष्ठ नागरिकहरू जलवायु परिवर्तनको असरबाट बढी प्रभावित भएका छन्।’

जलवायु परिवर्तनले अर्थतन्त्रमा विशेष योगदान गर्ने विषयगत क्षेत्रहरू, जस्तैस् कृषि, जलस्रोत, पर्यटन लगायतका क्षेत्रहरुका साथै खाद्य सुरक्षा, स्वास्थ्य, जलआपूर्ति, जीविकोपार्जन र सुरक्षामा व्यापक असर पारेको र आर्थिक एवं सामाजिक क्षेत्रमा हुने गिरावट, बढ्दो स्वास्थ्य र खाद्यसुरक्षाको समस्याका कारण भविष्यमा जलवायु सङ्कट र जोखिम अझ बढ्ने निश्चितजस्तै भएको प्रचण्डको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले अर्को हप्तादेखि हुने जलवायु परिवर्तन सम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको २८ औं सम्मेलन (कोप २८) मा आफ्नो नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले भाग लिने र उक्त शिखर सम्मेलनमा विश्व तापमान वृद्धिलाई सीमित गर्न विश्वका धनी र विकसित राष्ट्रहरुलाई आफ्नो प्रतिबद्धताको जिम्मेवारी पालन गर्न नेपालले सशक्त पैरवी गर्ने पनि बताए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विराटनगर भएको आगलागीमा परी थप एकको मृत्यु

विराटनगर। मोरङको विराटनगर महानगरपालिका–७ स्थित कबाडी पसलमा आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार दिउँसो अचानक आगलागी हुँदा विराटनगर–६

ठमेलका चोकमा सिसि क्यामरा जडान सुरु

काठमाडौँ। राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलका चोकमा सिसि क्यामरा जडान सुरु गरिएको छ। ठमेल पर्यटन विकास परिषद्को पहल तथा काठमाडौँ

इन्टरपोलको महासभामा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता

काठमाडौँ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)को ९१औँ महासभामा सहभागी भई स्वदेश फर्किएका छन्। इन्टरपोल

एनसेलको शेयर खरिद विक्रीबारे छानबिन गर्न समिति गठन

काठमाडौँ । दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद बिक्रीका सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ ।

लोकमार्ग कालोपत्र भएपछि एक साताको यात्रा चार घण्टामा

ढोरपाटन । डेढ दशक अगाडि रोल्पा र रुकुम पूर्वको सिमानासँग जोडिएका बागलुङको निसीखोलाका धेरै गाउँबाट सामान्य प्रशासनिक कामका लागि एक

पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा मासु, मदिरा बिक्रीमा प्रतिबन्ध

काठमाडौँ । यही मङ्सिर २५ गते पर्ने बालाचतुर्दशी पर्वलाई दृष्टिगत गरी पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रमा आजदेखि मासु तथा मदिरा उत्पादन,

Techie IT