Techie IT
२०८० फागुन २२, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालशीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा

शीतलनिवास र प्रधानमन्त्री निवास वरपर निषेधाज्ञा


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले राष्ट्रपति कार्यालय शीतलनिवास र प्रधानमन्त्री निवास बालुवाटार वरपरका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले गए राति निषेधाज्ञाको आदेश जारी गर्दै यही मङ्सिर ५ गतेदेखि ३० दिनसम्म पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभालगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न नपाइने बताएका छन् ।

जारी निषेधाज्ञामा शीतलनिवासमा पूर्वतर्फ पवित्र वर्कसपसम्म, पश्चिममा सामाखुशी निस्किने नालासम्म, उत्तरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको दक्षिण–पूर्वी गेटसम्म र दक्षिणमा प्रहरी अस्पताल जाने मोडसम्म रोक लगाइएको छ ।

यस्तै बालुवाटारमा पवित्र वर्कसप चोकबाट बालुवाटारतर्फ नेपाल राष्ट्र बैंक चोकसम्म र सभामुख निवासदेखि गैह्रीधारा जाने बाटोको पश्चिम दक्षिण एक सय मिटरसम्म निषेधित क्षेत्र तोकिएको छ ।

विशिष्ट व्यक्तिको निवास कार्यालय रहेको क्षेत्रमा भेला भई धर्ना, जुलुसजस्ता कर्याक्रम गर्दा आपसी शान्ति सुरक्षा भङ्ग हुनसक्ने र नागरिकको सेवा प्रवाहमा असर गर्न सक्ने भएकाले सो क्षेत्रमा धर्ना, जुलुस गर्न रोक लगाइएको जनाइएको छ । यसअघि स्थानीय प्रशासनले माइतीघर–बानेश्वर र ललितपुरको पुलचोक क्षेत्रमा निषेधको आदेश जारी गरिसकेको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

डिजिटल कर्णाली निर्माणका लागि प्रदेश सरकारको १४ बुँदे प्रतिबद्धता

काठमाडौँ । कर्णाली प्रदेश सरकारले ‘डिजिटल कर्णाली’ निर्माणका लागि १४ बुँदे प्रतिबद्धता गरेको छ । सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न राष्ट्रियस्तरको ‘डिजिटल

पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ ५ बजे हुने

काठमाडौँ । सोमबार सत्ता गठबन्धन परिवर्तन भएपछि पुनर्गठित मन्त्रिपरिषद्का तीन मन्त्रीको शपथ अपरान्ह ५ बजे हुने भएको छ । प्रधानमन्त्री

प्रतिनिधि सभा बैठक फागुन २४ गतेसम्मको लागि स्थगित

काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । विशेष राजनीतिक परिस्थितिका कारण आज बस्ने भनिएको बैठक स्थगित भएको हो

परराष्ट्रमन्त्री साउदको फिनल्यान्ड भ्रमण रद्द

काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउदको फिनल्यान्ड भ्रमण रद्द भएको छ । फिनल्यान्डको हेल्सिन्कीमा आयोजना हुने कार्यक्रममा सहभागी हुन गए राति

सत्ता गठबन्धनको बैठक स्थगित

काठमाडौँ । बिहान बस्ने भनिएको सत्ता गठबन्धनको बैठक स्थगित भएको छ । सत्ता गठबन्धनका दलहरुबीच समसामयिक परिस्थितिमा छलफल गर्न भन्दै

भीपीएन प्रयोग गरेर नाबालिगको फोटोमा जथाभावी पोष्ट गर्ने एक जना…

काठमाडौँ । आफ्नो परिचय लुकाउन भर्चुअल प्राइभेट नेटवर्क भीपीएन प्रयोग गरेर फेक आईडी बनाएर नाबालिगलाई हैरानी दिएको आरोपमा एक जना

Techie IT