Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपाल‘रेडपाण्डा’को गतिविधि बुझ्दै विद्यार्थी

‘रेडपाण्डा’को गतिविधि बुझ्दै विद्यार्थी


ताप्लेजुङ । जैविक विविधतामा ताप्लेजुङ एक दुलर्भ मानिने हाब्रे (रेड पाण्डा)को चरन क्षेत्र हो । ताप्लेजुङका ग्रामीण क्षेत्रमा रेड पाण्डा बासस्थान रहेको छ । यस क्षेत्रमा रेडपाण्डा नेटवर्कको आर्थिक सहयोग तथा हिमाली संरक्षण मञ्चको समन्वयमा रेडपाण्डा संरक्षणका विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

रेडपाण्डा संरक्षणका लागि विद्यालयस्तरबाट नै जनचेतनको विकास गर्ने उद्देश्यले विद्यालयमा रेडपाण्डाका गतिविधिका बारेका पढाइ हुँदै आएको हिमाली संरक्षण मञ्चले जनाएको छ । रेडपाण्डाको बास स्थान जोडिएका बस्तीका विद्यालयमा यसको संरक्षणका लागि पढाइ भइरहेको हो ।

विद्यार्थीलाई पढाइसँगै रेडपाण्डाको चरन क्षेत्र तथा बास स्थानको प्रत्यक्ष अध्ययन गर्नुका साथै अवलोकन गर्दै आएका छन् । गत बिहीबार फुङ्लिङ नगपालिका-१० अवस्थित माध्यमिक विद्यालयका ३२ र शुक्रबार फक्ताङलुङ गाउँपालिका-३ सिंवा माध्यमिक विद्यालयका २४ विद्यार्थीले रेडपाण्डाका गतिविधिका बारेमा अध्ययन गर्नुका साथै बासस्थानको प्रत्यक्ष अवलोकन गरेका छन् ।

रेडपाण्डा आधारित आउटडोर शिक्षा कार्यक्रममार्फत विद्यार्थीलाई रेडपाण्डाको बासस्थानको अध्ययन तथा अवलोकन गइएको हिमाली संरक्षण मञ्चले जनाएको छ । विद्यार्थीले फुङ्लिङ नगरपालिका-९ देउरालीमा अवस्थित हिमालय हाब्रे सेन्टरको अध्ययन तथा अवलोकनसमेत गरेका छन् । हाब्रे सेन्टरको बनावट, आगामी योजनाका बारेमा मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिएका थिए ।

ताप्लेजुङको सदरमुकामदेखि नजिकै रहेको देउराली भित्री सामुदायिक वन क्षेत्रमा विद्यार्थीले रेडपाण्डाको अध्ययन तथा अवलोकन गरेका मञ्चका प्राविधिक सुमन राईले बताए । उनका अनुसार देउराली भित्री सामुदायिक वन विशेष गरी रेडपाण्डाको बासस्थान क्षेत्रमा पर्दछ । अवलोकनका क्रममा विद्यार्थीले क्यामेरामार्फत निगरानी गर्न, वनमा रहेका रुखको मापन गर्न, जिबिएस(ग्लोबल पोजिसन सिस्टममार्फत स्थान पत्ता लगाउनेलगायत प्रक्रियाका बारेमा जानकारी गइएको रेडपाण्डा नेटवर्कका संयोजक वाङ्चु भोटियाले बताए ।

कक्षाकोठमा मात्र बसेर किताबमा लेखिएका जैविक विविधताका विषयमा पढ्दै आएका विद्यार्थी प्रत्यक्ष रेडपाण्डाका चरन क्षेत्र तथा बास स्थानमा पुगेर गतिविधिका बारेमा अवलोकन गर्न पाउँदा सिकाइमा थप मद्दत पुगेको माध्यमिक विद्यालयका शिक्षिका टीका निरौलाले बताए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT