Techie IT
२०८१ असार २९, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालसीटीईभीटीका कर्मचारी चढेको जीप सुनकोसीमा खस्दा तीन जना बेपत्ता

सीटीईभीटीका कर्मचारी चढेको जीप सुनकोसीमा खस्दा तीन जना बेपत्ता


सिन्धुली। मध्यपहाडी राजमार्गअन्तर्गत गोलञ्जोर गाउँपालिका–७ लौकुनमा जीप सुनकोसी नदीमा खसेको छ। आज शुक्रवार सुनकोसीमा जीप खस्दा तीन जना बेपत्ता भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालका अनुसार प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का कर्मचारी चढेको बा १ झ ७४६७ नम्बरको जीप काठमाडौँबाट खोटाङ जाँदै गर्दा नदीमा खसेको हो।

जीपमा चार जना रहेका र एक जना जीवितै सुनकोशी नदीबाट निस्कन सफल भए पनि बाँकी तीन जनाको अवस्था थाहा नभएको उनले बताए।

गाडीमा चढेकाको पहिचान हुन सकेको छैन। बेपत्ताहरूको खोजीका लागि जिल्लाबाट प्रहरी टोली पठाइएको डीएसपी दाहालले जानकारी दिए।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

विश्वासको मत फेलभएसँगै १९ महिनापछि प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त

काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राखेको आफूप्रतिको विश्वासको मत असफल भएसँगै प्रधानमन्त्री पदबाट मुक्त भएका छन्

प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा पनि बिजुलीको लाइन काट्यो

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा बिजुलीको लाइन काटिदिएको छ । डेडिकेटेड लाइनको बक्यौता रकम र जरिबाना नतिरेको

हाइप्रोफाइलहरूको फाइल खोल्दा सरकार ढलेको गृहमन्त्रीको दाबी

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफ्नो सरकारले हाइप्रोफाइलहरूको फाइल खोल्दा नै वर्तमान सरकार ढलेको दाबी गरेका छन् ।

२४ घण्टामा पहिरोमा परी १५ जनाको मृत्यु

काठमाडौँ । विगत २४ घण्टामा पहिरोमा परेर १५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले हिजोदेखि आज

संविधान छुनै नहुने विषय होइनः रमेश लेखक

काठमाडौँ । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संविधान छुनै नहुने विषय नभएको बताएका छन् । प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल

ब्रिटिस एजुकेशन ग्रुपले क्यानडास्थित १२५ वर्ष पुरानो कलेज अधिग्रहण गर्यो

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुपले क्यानडाको १२५ वर्ष पुरानो कलेज अधिग्रहण गरेको छ । नेपालमा प्रतिष्ठित द ब्रिटिस कलेज लगायतका

Techie IT