Techie IT
२०८२ भदौ ३०, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालदुर्गा प्रसाईंलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्चमा परेको रिट फिर्ता

दुर्गा प्रसाईंलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्चमा परेको रिट फिर्ता


काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आफूलाई नजरबन्दमा राखेको भन्दै सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन फिर्ता लिएका छन्।

मंसिर ८ मा उनका तर्फबट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले प्रसाईंलाई सरकारले नजरबन्दमा राखेको भन्दै रिहा गर्न माग गरेर सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए।

तर सोही दिन गृहमन्त्रीको सचिवालयले उनलाई नजरबन्द नगरिएको प्रष्टिीकरण दिएको थियो भने प्रसाईले घरभित्रै पत्रकार सम्मेलन गर्ने देखि ९ गते शनिबार काठमाडौँको सिफलमा आफैं पुगेर सम्वोधन समेत गरेका थिए।

त्यसपछि प्रसाईंका तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दर्ता गराएका वरिष्ठ अधिबक्ता भण्डारीले निवेदन फिर्ता लिएका हुन्।

‘सरकारले उहाँलाई छाडिसक्यो, त्यसो भएकाले अब बन्दीसम्बन्धी रिटको प्रयोजन समाप्त भएकाले आज निवेदन दिएर फिर्ता लिइसक्यौँ’, वरिष्ठ अधिवक्ता भण्डारीले भने।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT