गृहपृष्ठ ∕ नेपाल ∕ जङ्गली जनावरको आक्रमणमा परी मारिएका एक व्यक्तिको शव फेलाजङ्गली जनावरको आक्रमणमा परी मारिएका एक व्यक्तिको शव फेला नेपालीपत्र सोमबार, २०८० मंसीर ११ गते, ११:५६ मा प्रकाशित नेपाल प्रतीकात्मक तस्बिरमकवानपुर । मकवानपुरमा जङ्गली जनावरको आक्रमणमा परेर मृत्यु भएका एक व्यक्तिको शव फेला परेको छ । आइतबार मनहरि गाउँपालिका–६ राप्ती र लोथर खोलाको मध्यवर्ती दोभान क्षेत्रमा एक पुरुषको शव फेला परेको मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।उनका अनुसार उक्त स्थानमा गत मङ्सिर ८ गते शुक्रबार बिहान चितवन राष्ट्रिय निकुञ्जबाट आएको बाघको आक्रमणबाट चितवनको राप्ती नगरपालिका बस्ने ४३ वर्षीय हरि पौडेलको मृत्यु भएको थियो ।उक्त बाघ नियन्त्रणमा लिन निकुञ्जको टोली चार वटा हात्तीसहित मध्यवर्ती क्षेत्रमा प्रवेश गरेको थियो । सो क्रममा पहिचान नखुलेको एक पुरुषको शव कम्मरभन्दा तलको भाग मात्रै रहेको र कम्मरभन्दा माथिको भाग हड्डी मात्रै रहेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।ती पुरुषको शव हाल हेटौँडा अस्पतालमा ल्याइएको र घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ । ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त २ जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली ३ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ४ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ५ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण ६ ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण ७ दोस्रो पटक बेलायतको राजकीय भ्रमणमा ट्रम्पThe Film Nepal