गृहपृष्ठ ∕ नेपाल ∕ इलामबाट विद्यार्थी लिएर वनभोजका लागि गएकाे बस दुर्घटना हुँदा ६ जना घाइतेइलामबाट विद्यार्थी लिएर वनभोजका लागि गएकाे बस दुर्घटना हुँदा ६ जना घाइते नेपाली पत्र शनिबार, २०८० मंसीर १६ गते, १३:१२ मा प्रकाशित नेपाल धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कोलवोटेमा बस दुर्घटना भएको छ । इलामबाट विद्यार्थी लिएर वनभोजका लागि धनकुटाको नमस्ते झरना आउँदैगरेको मे १ ख ३३८० नम्बरको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।प्रहरीले दिएको जानकारी अनुसार इलामको माई नगरपालिका–४ स्थित गरुवा आधारभूत विद्यालयका विद्यार्थी वनभोज आउनेक्रममा ब्रेक फेल भई ५५ जना सवार बस दुर्घटना भएको हो ।दुर्घटनामा परी चार जना विद्यार्थी र दुई जना शिक्षक घाइते भएका छन्। घाइते हुने विद्यार्थीमा १४ वर्षीया शान्ति लिम्बू, १३ वर्षीया सीमा राई, १६ वर्षीया मनिका राई र १६ वर्षीया निस्मा सारु मगर छन् । उनीहरूसँगै वनभोजमा आएका शिक्षक ५७ वर्षीय रामबहादुर मगर र ४९ वर्षीया शिक्षिका पवित्रा राई घाइते भएका हुन् ।घाइतेहरूको उद्धार गरी उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । #बस दुर्घटनाग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोडकाठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली एस.इ.ई.को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारीकाठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा एस.इ.ई.को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदैकाठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले भूमिगत विद्युतीकरणको काम ३ महिनालाई स्थगितचितवन । चितवनको भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि रोल्पाको थवाङ -५ का वडाध्यक्ष घर्तीमगरको मृत्युकाठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको मृत्यु भएको । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका घर्तीमगरको नेपालगन्ज मेडिकलधेरै पढिएका खबर १ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते २ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ३ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ४ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ५ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग ६ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ७ रास्वपाको पहिलो महाधिवेशन वैशाखमाThe Film Nepal