Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालपाल्वरलीङ्गको सहयोगमा जाजरकोटमा ७०० जना भुकम्प पिडितहरुलाई राहत बितरण

पाल्वरलीङ्गको सहयोगमा जाजरकोटमा ७०० जना भुकम्प पिडितहरुलाई राहत बितरण


जाजरकोट । कार्तिक १७ गते शुक्रवार राति आएको भुकम्पबाट प्रभावित जाजरकोटका पिडितहरुलाइ राहत वितरण गरिएको छ । पाल्वरलीङ्ग सेन्टरले सामाजिक कार्यमा अग्रसर देखाउदै समाजसेवी राजु गुरुङको टिमले स्थानिय समाजसेवी नारायण घर्तीको अगुवाईमा जाजरकोट पुगेर राहत वितरण गरेको हो ।

पाल्वरलीङ्ग सेन्टरका अध्यक्ष मास्टर सेन्टोकको बिषेश अगुवाइमा सो कार्य भएको हो ।

कार्तिक १७ गते गएको भुकम्पमा परि धन जनको क्षती भएर जाजरकोट मात्रै नभयर सिंगो देश नै शोकमा डुबेको बेला सहयोग गरिएको संस्थापक राजु गुरुङले बताए । गुरुङका अनुसार भुकम्पमा परेर ज्यान गुमाउने मृतक परिवारहरु र सुत्केरीहरु , पिडित र बालबालिका सहित करिव ७०० जनालाइ उपलब्ध गरिएको छ ।

अभियान्ताको टिमले जाजरकोटको नलगाड नगरपालिका वडा नं ३ मा आवश्यक सामाग्री खाध्यान, ब्ल्याङ्केट, त्रिपाल, लुगा कपडा, बच्चाहरुलाइ स्टेशनरी सामान लगायतको राहत सामाग्री प्रदान गरेको छ । दैलोमा नै पुगेर मृतकका परिवारलाई, अपाङ्ग अशक्त, दलित परिवार, एकल महिला, वृद्ध वृद्धा, अनाथ र, पुर्ण रुपमा क्षती भएका घर घर बस्तीमा गएर प्रत्यक्ष पीडित परिवारहरुलाई सहयोग गरिएको हो ।

पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएको भूकम्पमा परेर कम्तीमा १५७ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ।

भूकम्पका कारण घाइते हुनेहरुको सङ्ख्या ३७५ पुगेको छ । पाल्वरलीङ्गले करिब २२ लाख रुपैया बराबरको राहात सामाग्री बितरण गरेको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT