Techie IT
२०८१ कात्तिक २१, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपाल४० वर्ष मुनिका युवा देशको प्रधानमन्त्री हुन जरुरी छः अध्यक्ष तिमिल्सिना

४० वर्ष मुनिका युवा देशको प्रधानमन्त्री हुन जरुरी छः अध्यक्ष तिमिल्सिना


काठमाडौँ। बालक्लवमा लागेका युवाहरु ४० वर्ष मुनि नै देशको प्रधानमन्त्री बन्ने वातावरण बन्नेमा आफु विश्वस्त रहेको राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले बताए। बालक्लवमा आवद्द भएर लिएको सफल नेतृत्व देश विकासको मुलआधार बन्न सक्छ, जसकालागी ४० वर्ष भित्र नै देशको प्रधानमन्त्री हुन जरुरी छ।

सो कुरा उनले आजबाट काठमाडौँमा सुरु भएको बालक्लवका पुर्व सदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलनमा बताएका हुन्। उनले नेपाली युवाहरुलाई विदेश जानबाट रोक्नका लागि बालक्लवमा लगानी बढाउन आवश्यक रहेको बताए। ‘बालबालिकामा लगानी बढाउन सकियो भने देशमा दक्ष जनशक्ति उत्पादन गर्न सकीन्छ भन्ने बालक्लवका पुर्वसदस्यहरुको यो भेलाले सरकारलाई सन्देश दिएको छ।’ उनले भने, ‘देश विकासको मेरुदण्ड युवा दक्ष जनशक्ति हुन, ति दक्ष जनशक्ति उत्पादन गर्न सरकारले घरघरमा शिक्षा, स्वास्थ सहित लगानी गर्नुपर्ने, साथै बालक्लवमा लगानी बढाई बालबालिकालाई संगठित गरिनुपर्ने छ।’ अहिले पनि बालबालिकालाई श्रममा लगाउने, पिट्ने अवस्था छ, सरकारले पर्याप्त लगानी सर्न सकेको छैन, जलवायु परिवर्तनको क्षतिपुर्ति दिदाँ पनि बालबालिकालाई प्राथमिकता दिन जोड दिए। साथै बालबालिका पोषणमा लगानी गर्न पनि जरुरी रहेको उनले बताए।

बालबालिकालाई प्राथमिकतामा राखि काम गर्न सरकार प्रतिवद्द रहेको राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष बम बहादुर बानियाले बताए। अहिले पनि बालबालिका विभिन्न हिंसा दुव्र्यवहारका कारण पीडित भइरहेका छन त्यसलाई अन्त्य गर्न बालक्लवका पुर्वसदस्यहरुसँग सहकार्य गर्न सरकार प्रतिवद्द रहेको उनले जानकारी दिए। सन्देश प्रवाह गर्न र सोही अनुसार सुचना प्रवाहको रुपमा पनि बालक्लवका पूर्व सदस्यहरुले अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए।

बालअधिकार प्रर्वधन गर्न साथै बालक्लवमा लगानी बढाइ देशमा दक्ष युवाशक्ति उत्पादनमा योगदान गर्न युनिसेफ तयार रहेको युनिसेफका सोसल पोलिसी विभाग प्रमुख उषा मिश्रले बताए। उनले भने, ‘बालबालिकामा गरिएको लगानीले सुन्दर भविष्य बनाउँछ, यसका लागि युनिसेफ सधैं तयार छ। आज नेपालमा जनसंख्याको लाभाँसको रुपमा रहेको युवाहरुको लागि देशले प्राथमिकतामा राखी योजना निर्माण गर्न सकेमा राम्रो हुनेमा उनको जोड रहेको थियो।

युनिसेफले बालमैत्री स्थानीय शासनको प्रबद्र्धनमा समेत काम गरिराखेको र बालक्लवका सदस्यहरुको यो सम्मेलनले बालमैत्री देश निर्माणमा सहयोग गर्ने र यसको नेतृत्व लिन समेत उनले जोड दिए। साथै देशले सामाजिक सुरक्षामा लगानी गरीरहेको तर बालबालिकामा कम प्राथमिकतामा राखेकोले नीतिहरु तर्जुमा गर्दा बालबालिकाहरुलाई प्राथमिकतामा राखी कामहरु गर्न समेत अनुरोध गरे।

यसैगरी वल्र्ड भिजनका निर्देशक रोजलिन ग्रायविलले बालबालिकालाई प्राथमिकतामा राखेर काम गर्न नीति र योजनाहरु चाहिने र नेपालका बालबालिकालाई सहयोग गर्न वल्र्डभिजन तयार रहेको र त्यही अनुसार संस्थाले काम गरीरहेको बताए। बालक्लवका पुर्वसदस्यहरुले देशमा योगदान गर्न सक्ने वातावरणका लागि सहकार्य गर्न वल्र्डभिजन तयार रहेको उनले बताए। वल्र्ड भिजनले बालबालिकाहरुलाई नै प्राथमिकतामा राखी कामहरु गरिराखेकोले यो सम्मेलनबाट अझै प्रभावकारी रुपमा देशभर नै अभियानको रुपमा लैजान समेत सुझाव दिए। यो सम्मेलनबाट देशलाई वि.स. २०८७ सम्म बालमैत्री र पोषणमैत्री गराउने योजना निर्माण गरी काम गरिराखेकोले यो विषयलाई पनि स्थानीय स्तरसम्म लैजानको लागि अभियान सुरु गर्न अनुरोध गरे।

बालक्लवका पुर्वसदस्यहरुको दोस्रो राष्ट्रिय सम्मेलन आजबाट शुरु भएको छ। १८ वर्ष सम्म बालक्लवमा रहेर पासआउट भएका देशभरका १५० जना युवाहरु एकसाथ भेला भएर विभिन्न विषयमा छलफल गर्ने गरी आज र भोली दुई दिन सम्म यो सम्मेलन सञ्चालन हुनेछ। हाल देशभर तीसहजार भन्दा बढी बालक्लवहरु सक्रिय छन्। बालक्लवमा ८० लाख भन्दा बढी बालबालिका आवद्द छन्।

जागृति बाल तथा युवा सरोकार नेपालका नेतृत्व सहीत चङ्गा फाउण्डेशन, हामीदाजुभाइ, युवालय, क्रियसन सोसाइटी, याभ नेपाल र कन्र्सन सोसाइटी नेपालको संयुक्त आयोजनामा सम्मेलन भइरहेको हो। १९ वर्ष देखि २५ वर्ष सम्मका युवाहरु यो कार्यक्रममा सहभागी रहेका छन्।
कार्यक्रममा स्वागत मन्तव्य तथा विषयवस्तु बारे जानकारी बालअधिकारकर्मी राजेश शर्माले राख्नुभएको थियो। उनका अनुसार देशभरबाट छनोट भएका बालक्लवका पुर्व सदस्यहरुले बालअधिकारका विभिन्न विषयमा छलफल, परामर्श गर्ने कार्यक्रम रहेको छ। जलवायु परिवर्तनले बालबालिकामा परेको असर, बालसहभागिता, युवा उद्यमशिलता, युवाहरुको नागरिक सहभागिता, बालबालिका माथि हुन सक्ने हिंसा, दुवर्यवहार लगायतका विषयमा बालक्लवका पुर्व सदस्यहरुले गर्न सक्ने योगदानका बारेमा छलफल हुनेछ।

बालक्लवमा गरिएको लगानीले युवा उमेरका दक्ष जनशक्तिले देशको समृद्दिमा योगदान गर्न सक्ने आयोजक संस्थाहरुको भनाइ रहेको छ। ‘नीति, योजना र कार्यक्रम निमार्ण गर्दा बालबालिकालाई प्राथमिकता दिन, बालक्लवका पुर्व सदस्यहरुको सिकाइ र अनुभवलाई आत्मसाथ गर्न सरकार र सरोकारवालाहरुलाई जिम्मेवार बनाउन यो कार्यक्रम आयोजना गरिएको हो।

साथै युवाहरुको करिअरलाई पनि सघाउ पुरयाउन युवाको नेतृत्वविकास, उद्यमशिलता जस्ता विषयमा छलफल गरी काठमाडौँ घोषणा पत्र जारी गर्ने लक्ष्य लिइएको छ। बालक्लवका पुर्व सदस्यहरुको राष्ट्रिय सम्मेलन हरेक वर्ष संघीयतह र प्रदेशस्तरमा आयोजना गर्ने लक्ष्य लिइएको सम्मेलनका संयोजक एवम जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बताए।

नेपालको पहिलो स्वस्फृत बालक्लव जागृति बालक्लवका संस्थापक तथा जागृति वाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलको अध्यक्षतामा कार्यक्रम आयोजना भएको थियो। ‘देशभरका बालक्लव पूर्व सदस्यहरुले सिकेको सिकाइलाई सबै क्षेत्रमा सिकाइको माध्याम बनाउन यो सम्मेलनले योगदान गर्ने उनले बताएका थिए।

देशभरबाट जम्मा भएका युवाहरुले बालबालिका राष्ट्रिय गौरव हुन अभियानमा पूर्व बालक्लवका सदस्यहरुको भुमिका, यौन तथा प्रजनन स्वास्थ्य, सामाजिक सुरक्षा, युवाहरुको नेतृत्व विकास र सिभिक स्पेस, उद्यमशिलता, किशोरी शसक्तिकरण, बाल विवाह, बाल सहभागिता अभिबृद्धी, अनलाईन सुरक्षा र अन्य फरक फरक गरी १० सेसनहरु सञ्चालन हुने र सो सेसनमा सहभागिता जनाई घोषणापत्र तयार गरी समापन गर्ने आयोजकले बताएको छ।

काठमाडौँमा सञ्चालन हुने २ दिनको यो सम्मेलनलाई युनिसेफ, सेभ द चिल्ड्रेन, क्यान्नालन, वल्र्ड भिजन ईन्टरनेशलन नेपाल, केयर नेपाल, टिडिएच जर्मनी र चाईल्ड फण्ड जापानको सहयोग र ओरेक, साथी, स्वतन्त्रता अभियान, बालमैत्री स्थानीय शासन राष्ट्रिय मन्च, भ्वाईस अफ चिल्ड्रेन, आधरा, किडार्क, सिवीन नेपाल, सामाजिक सुरक्षा नागरिक समाज सन्जाल, लगायत विभिन्न राष्ट्रिय र क्षेत्रिय स्तरमा स्थापना भएका संस्था र सञ्जालहरुको सहकार्य समेत रहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभर डेङ्गी सङ्क्रमण घट्दै

काठमाडौँ । नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा

मित्रमिलन सहकारीका उपाध्यक्ष विजय लम्साल पक्राउ

पोखरा । मित्रमिलन बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष विजय लम्साल पक्राउ परेका छन् । लम्साललाई कास्कीको पोखरा महानगरपालिका–२ अर्चलबोटस्थित

धादिङको बन्छेटारमा दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते

धादिङ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुई वटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौं

अजरबैजान जाँदै राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन

आन्तरिक मामिलामन्त्री अधिकारीले दिए राजीनामा

काठमाडौँ । कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीले राजीनामा दिएका छन् । बिना अनुमति र बिना

काठमाडौँको भृकुटीमण्डपमा अतिरूद्र विश्वकल्याण विराट महायज्ञ शुरु

काठमाडौँ । नेपाल महर्षि वैदिक फाउण्डेशनले वैज्ञानिक सन्तमहर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सव पारेर आज बाट काठमाडौँको भृकुटीमण्डपमा अतिरूद्र विश्वकल्याण

Techie IT