Techie IT
२०८२ असार ५, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालमध्यपहाडी लोकमार्गः याम्दी–हरिचोक खण्डमा धुलो, हिलोको सास्ती

मध्यपहाडी लोकमार्गः याम्दी–हरिचोक खण्डमा धुलो, हिलोको सास्ती


काठमाडौँ । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको याम्दी–हरिचोक सडक निर्माण सुरु भएको १० महिना हुँदा पनि निर्माण सम्पन्न भएको छैन । उक्त सडकखण्डमा कालोपत्र नहुँदा घाम लाग्दा धुलो र पानी पर्दा हिलोका कारण स्थानीयलाई आवागमनमा समस्या भएको छ । धुलो र हिलोका कारण यात्रु र सवारी चालकले सास्ती भोग्दै आएका छन् ।

सडकको धुलोका कारण स्वास्थ्यमा समस्या परेको स्थानीय प्रतीक्षा पौडेलले बताए । “यहाँ काम गर्न थालेको एक वर्ष हुन लाग्यो केही प्रगति भएको देखिएको छैन्”, उनले भने, “यही धुलोले होला छाती दुख्ने, मुख सुक्खा हुने अनि श्वास फेर्नै गाह्रो हुन्छ ।” धुलो कम गर्नका लागि एक पटक पानी हाले पनि दिनभर उही समस्या भोग्नुपर्ने उनको भनाइ थियो ।

पौडेलका अनुसार अस्तव्यस्त सडकका कारण दिनहुँ यहाँ सवारी दुर्घटनाको जोखिम बढेको छ । सडकको यो अवस्थाका कारण आफ्नो व्यापार पनि घटेको उनको गुनासो थियो । उनले बाटो साँघुरो भएकाले यस खण्डको जौबारी, सिम्पानी, हरिचोक क्षेत्रमा सवारी जामको समस्या पनि बढेको बताए ।

यस क्षेत्रका स्थानीयवासीसँगै यात्रु र चालक दिनहुँ धुलो, हिलोको समस्यामा भोग्न बाध्य छन् । दिनहुँ हुने यस्ता समस्या र गुनासो लिएर स्थानीय जिल्ला प्रशासन कार्यालयमा पुगेपछि कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेसहितको टोली बिहीबार उक्त सडकखण्डको अवलोकनका लागि पुग्नुभएको थियो । अनुगमन टोलीमा आयोजना प्रमुख कल्पना अधिकारी पनि सहभागी थिए ।

अवलोकनका क्रममा काम मन्द गतिमा अघि बढेको भेटिएको कास्कीका प्रजिअ घिमिरेले बताए । कामले तीव्रता नपाउँदा यस क्षेत्रका स्थानीयले सास्ती भोग्न बाध्य भएका उनको भनाइ थियो । “यो रुट हुँदै पर्वत, बागलुङ, मुस्ताङ जाने यात्रु तथा सवारीसाधन चालकले यो खण्डमा समस्या छ भन्ने गुनासो गरेपछि हामी निरीक्षणमा निस्किएका हौँ”, प्रजिअ घिमिरेले भने, “यहाँ आउँदा काम त भइरहेको तर जुन रुपमा हुनुपर्ने त्यो नभएको पाइयो ।”

जनताका समस्या समाधान हुने गरी आयोजनाको काम द्रुत गतिमा अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिएको प्रजिअ घिमिरेले जानकारी दिए । “यो कार्य जतिसक्दो चाँडो अघि बढाउन आयोजना प्रमुखलाई निर्देशन दिइसकेको छु”, उनले भने, “निर्माण कम्पनीका प्रमुखलाई पनि कार्यालयमा बोलाएको छु । उनलाई पनि कडाइका साथ निर्देशन दिनेछु ।”

मध्यपहाडी लोकमार्ग पर्वत–पोखरा खण्ड आयोजना प्रमुख कल्पना अधिकारीले यो खण्डको कार्य प्रगति सन्तोषजनक नरहेको स्वीकार गरे । “अहिले निर्माण कार्य भइरहेको भए पनि प्रगति त्यति सन्तोषजनक छैन्”, उनले भने, “बिजुलीका पोललगायत कारणले केही विवाद त थियो । यसमा हामीले पत्राचार गरिसकेका छौँ । काममा ढिलाइ भएपछि निर्माण व्यवसायीलाई पटक–पटक ताकेता गर्दा पनि सोचेजस्तो प्रगति भएको छैन ।”

चार लेनमा निर्माण थालिएको उक्त सडक खण्डको निर्माणको जिम्मा काठमाडौँ महाराजगञ्जस्थित मोतीदान कन्स्ट्रक्सन सेवा प्रालिले गरिरहेको आयोजना प्रमुख अधिकारीले जानकारी दिए । “१० महिनामा २० प्रतिशतको हाराहारीमा मात्रै काम सकिएको छ”, उनले भने । अधिकारीका अनुसार दुई वर्षमा सक्ने गरी निर्माणको जिम्मा पाएकामा गत साउन १५ गतेदेखि निर्माण सुरु गरिएको थियो ।

कूल दुई हजार दुई सय चार मिटर लम्बाइको उक्त सडक खण्ड २५ मिटर फराकिलो बन्नेछ । सडकको बीचमा एक मिटरको डिभाइडर तथा सडक छेउमा डेढ मिटरमा नाला निर्माण हुने निर्माण कम्पनीले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दीपक मनाङेको सांसद पद खारेज

काठमाडाैँ । मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) को सांसद पद खारेज भएको छ । ज्यान मार्ने

मितेरी सहकारी ठगीमा कम्बोडिया भागेका ज्योतिबहादुर भण्डारीलाई नेपाल ल्याइयो

काठमाडाैँ । ललितपुरको मितेरी सहकारीको करोडौं रकम अपचलन गरी फरार भनिएका ज्योतिबहादुर भण्डारीलाई कम्बोडियामा पक्राउ गरी नेपाल ल्याइएको छ ।

इजरायल र इरानमा यात्रा नगर्न परराष्ट्र मन्त्रालयको आग्रह

काठमाडौं । परराष्ट्र मन्त्रालयले आवश्यक नभएसम्म इजरायल र इरानमा यात्रा नगर्न आग्रह गरेको छ । बुधबार मन्त्रालयले ‘ट्राभल एडभाइजरी’ जारी

मनसुन शुरु भएसँगै भोजपुरका किसानलाई धान रोपाइँको चटारो

भोजपुर । भोजपुरका किसानलाई अहिले धान रोपाइँको चटारो परेको छ । मनसुनी वर्षा शुरु भएसँगै खेतमा पानी भरिएपछि कृषकहरू बिहानैदेखि

मध्यपूर्वको तनावले इजरालयमा रहेका नेपाली प्रभावित

काठमाडौं । सरकारले पछिल्लो केही दिन यता मध्यपूर्वमा तनाव बढ्दै गएपछि उक्त क्षेत्रमा कार्यरत नेपाली कामदार तथा नागरिकलाई सुरक्षित राख्ने

मेयर र उपमेयरबीचको विवादले तनावग्रस्त धरान उपमहानगरपालिका

धरान । धरान उपमहानगरपालिकामा नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइनविक्रम बेघाबीचको विवाद चुलिँदै गएको छ । दुई जनाप्रतिनिधिको बिबादले

Techie IT