Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालगुणस्तर वृद्धि गरी नेपाललाई शैक्षिक ‘हब’ बनाउन सकिन्छ: मन्त्री गुरुङ

गुणस्तर वृद्धि गरी नेपाललाई शैक्षिक ‘हब’ बनाउन सकिन्छ: मन्त्री गुरुङ


काठमाडौँ । कानुन, न्याय तथा संसदयि मामिलामन्त्री धनराज गुरुङले उच्च शिक्षाका लागि नेपाली युवा विदेशिने क्रम रोकेर नेपालमा विदेश विद्यार्थी आउन सक्ने गरी नेपाललाई शैक्षिक ‘हब’ बनाउनुपर्ने बताएका छन् ।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन सत्रमा सम्बोधन गर्दै उनले गुणस्तरीय शिक्षामा सबैले ध्यान केन्द्रित गरेर शिक्षा र रोजगारका लागि नेपाली विद्यार्थी मुलुक बाहिर जाने अवस्थाको अन्त्य गराउन आवश्यक भएकामा जोड दिएका हुन् ।

मन्त्री गुरुङले लामो छलफल र सकसपूर्ण अवस्थाबीच विद्यालय शिक्षा विधेयक, २०८० लाई संसदीय समितिसमक्ष लगिएकाले यसलाई सरोकार भएका पक्षसँगको संवाद र छलफलका आधारमा पारित गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै गुणस्तरीय शिक्षामा निजी क्षेत्रको भूमिकालाई अन्देखा गर्न नहुने उल्लेख गरे ।

“हुन त कतिपय सामुदायिक विद्यालय पनि राम्रा छन् तर अभिभावकहरू मजदुरी गरेर भए पनि छोराछोरीलाई राम्रा निजी विद्यालय पढाउनुपर्छ भन्ने सोच विकास भएको देखिन्छ”, मन्त्री गुरुङले भने, “सबै विद्यालय सञ्चालक र शिक्षकले आफ्नो विद्यालयलाई कसरी राम्रो बनाउने र विद्यार्थीलाई सक्षम बनाउने भन्नेमा ध्यान दिने हो भने नेपालमा गुणस्तरीय शिक्षा सम्भव छ भन्ने भावना जागृत हुनेछ ।”

प्याब्सनका अध्यक्ष डिके ढुङ्गानाले कक्षाकोठाको गुणस्तर सुधार, शिक्षा क्षेत्रमा नेतृत्व विकास र नीतिगत परिवर्तनका मुद्दामा सबै पक्षबीच छलफल गर्न सम्मेलनको आयोजना गरिएको जानकारी दिए । सम्मेलनका संयोजक मेदिनी लामिछानेले कक्षाकोठाको सुधार नेतृत्वबाटै हुनुपर्छ भन्ने मान्यताका साथ १७ वटा सत्रहरूमा सहभागीबीच छलफल हुने जानकारी दिए ।

सम्मेलनमा निजी र सामुदायिक विद्यालयका सञ्चालक, प्राचार्य, पिन्सिपल र शिक्षक गरी करिब चार सयको सहभागिता रहेको छ । सम्मेलनमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सजीकरण तथा काठमाडौँ विश्वविद्यालय र बिट्रिश काउन्सिलको सहयोग रहेको छ । सम्मेलनको मुख्य विषय नेतृत्व विकास र शैक्षिक गुणस्तर अभिवृद्धि रहेको प्याब्सनका महासचिव आरबी कटवालले जानकारी दिए । रासस




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको क्षमा पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

संक्रमणकालीन न्यायको विषयमा कार्यदल सहमति नजिक

काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न

कोसीमा माओवादीका मन्त्रीले आज राजीनामा दिने

विराटनगर । कोसी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सरकार छाड्ने भएका छन् । उनीहरूले शुक्रबार अपराह्नसम्म मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको

Techie IT