Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालहृदयघातपछि मैदानमै ढलेका लुटन टाउनका कप्तानको स्वास्थ्य अवस्था कस्तो छ ?

हृदयघातपछि मैदानमै ढलेका लुटन टाउनका कप्तानको स्वास्थ्य अवस्था कस्तो छ ?


एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत खेल खेलिरहेका बेला लुटन टाउनका कप्तान टम लकयरलाई हृदयघात भएको छ ।

गएराती लुटन टाउन र बर्नमाउथबीचको खेल जारी रहँदा खेलको ६०औं मिनेटमा टम मैदानमै ढलेका थिए । मैदानमै अचानक ढलेपछि उनलाई खेलाडीले तुरुन्त खेल रोकेर सहयोग गरेका थिए ।

उनलाई मैदानमै प्राथमिक उपचार गराएपछि अस्पताल पुर्याइएको थियो । प्रिमियर लिगले कप्तान टमलाई हृदयघात भएको र उनको अवस्था ठिक रहेको बताएको छ । सो घटनापछि रोकिएको खेल पछि स्थगित गरिएको थियो ।

क्लब लुटन टाउनले टमको अवस्था ठिक रहेको जानकारी दिदै सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेको छ ।

टमलाई अस्पतालमा लगिएको छ, जहाँ हामी समर्थकहरूलाई आश्वस्त पार्न सक्छौं कि उनी स्थिर छन् र उनको आफ्नो परिवार साथमा आएका छन् । थप परीक्षणहरू जारी छ । क्लबले भनेको छ ।

टम यसअघि च्याम्पियनसिप प्लेअफको फाइनलमा समेत यसरी नै मैदानमा ढलेका थिए । त्यसपछि पनि उनलाई अस्पताल लागिएको थियो । गत जुनको सो घटनापछि उनलाई चिकित्सकले अप्रेसनपछि फेरी खेल्न अनुमति दिएका थिए ।

लुटन र बर्नमाउथले १-१ गोलको बराबरी खेल्दै थिए । अब यो खेल अनिश्चितकालका लागि स्थगित गरिएको छ ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT