Techie IT
२०८२ जेठ २२, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रस्तावित न्यायाधीश पोखरेल भन्छन्ः देखिने किसिमको न्यायसम्पादन गर्छु

प्रस्तावित न्यायाधीश पोखरेल भन्छन्ः देखिने किसिमको न्यायसम्पादन गर्छु


काठमाडौँ । कानुन व्यवसायी पृष्ठभूमिबाट न्यायाधीशमा प्रस्तावित वरिष्ठ अधिवक्ता सुनिलकुमार पोखरेलले न्यायपालिकाप्रति जनआस्था अभिवृद्धि र देखिने किसिमको न्यायसम्पादन गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार संसदीय सुनुवाइ समितिमा आफ्नो अवधारणा र कार्ययोजना प्रस्तुत गर्दै पोखरेलले धेरै वकिल भएका मुद्दामा ‘लिड लयर’को अभ्यास र रिटहरूमा व्यक्तिको सम्पत्ति र विषयको ‘अर्जेन्सी’लाई हेरेर आदेश गर्नुपर्ने औँल्याएका छन् ।

न्यायिक सुधारका क्षेत्रमा आफूले नेपाल बार एसोसिएसनको नेतृत्व तहमा रहँदा समेत काम गरेको उनले उल्लेख गरेका छन् । त्यो अनुभवलाई न्यायिक सुधारमा प्रयोग गर्ने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

“न्यायसम्पादनका क्रममा आफूसमक्ष आएको विवादलाई नपन्छाई, कसैप्रति पूर्वाग्रह नराखी, संविधान, कानुन र मान्य सिद्धान्तका आधारमा निर्णय लिनुपर्छ भन्नेमा प्रतिबद्ध छु ।

न्यायाधीशको निर्णयबाट एउटा पक्षको हार र अर्को पक्षको जितको अवस्था स्वभाविक हुन्छ । यो जित र हारको अवस्था न्यायाधीशको इच्छामा नभई संविधान, कानुन र प्रमाणहरूका आधारमा तय हुन्छन्,” पोखरेलले भनेका छन्, “यस्तो अवस्थामा मुद्दाका पक्षहरूले न्यायसम्पादन गर्ने न्यायाधीशको न्यायिक मन र विवकेशमा प्रश्न उठाउने अवस्था बन्नु हुन्न भन्नेमा सचेत छु ।”




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राजावादीहरू दोस्रो चरणको आन्दोलनको तयारीमा

काठमाडौँ । राजावादीहरुको संयुक्त जनआन्दोलन समितिले पहिलो चरणको एक साता लामो आन्दोलन ‘उत्साहजनक रूपमा’ सम्पन्न भएको निष्कर्ष निकाल्दै दोस्रो चरणको

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै

बागलुङ । यहाँस्थित संसारकोटमा पूर्वाधार निर्माणले गति लिएको छ । भग्नावशेष अवस्थामा रहेका संसारकोट दरबार क्षेत्रमा पर्खाल र भगवती मन्दिर

पर्साको नारायणी अस्पतालमा विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइलको लाइट बालेर…

पर्सा । पर्साको नारायणी अस्पतालमा विद्युत् सेवा अवरुद्ध हुँदा मोबाइलको लाइट बालेर बिरामीको उपचार गरिएको छ । अति संवेदनशील मानिने

धूमपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले धूमपान तथा सुर्तीजन्य पदार्थको लत त्याग्न चाहनेका लागि ‘हेल्पलाइन’ सेवा सञ्चालनमा ल्याएको छ ।

चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता

मोरङ । मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र

प्रधानमन्त्री ओलीद्वारा गणतन्त्र दिवसको शुभकामना

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले गणतन्त्र दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना

Techie IT