Techie IT
२०८२ असार १०, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालद्रुतमार्ग निर्माण समयमै सक्न सेनालाई निर्देशन

द्रुतमार्ग निर्माण समयमै सक्न सेनालाई निर्देशन


काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले समयसीमाभित्रै काठमाडौँ–तराई–मधेश द्रुतमार्ग निर्माण सक्न नेपाली सेनालाई निर्देशन दिएको छ । सिंहदरबारस्थित समितिको कार्यकक्षमा बुधबार बसेको बैठकले सो निर्देशन दिएको हो ।

समितिका सभापति रामहरि खतिवडालले द्रुतमार्गको काठमाडौँतिरबाट शून्य बिन्दु ललितपुरको खोकनादेखि बाराको निजगढसम्म निर्धारित समयमा नै काम सम्पन्न गर्न निर्देशन दिने निर्णय गरेको जानकारी दिए ।

उनले द्रुतमार्ग निर्माणको विषयमा छिट्टै नै प्रधानमन्त्री, उपप्रधानमन्त्री तथा रक्षामन्त्री, भौतिक पूर्वाधार तथा यातायातमन्त्री, वन तथा वातावरणमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री, मुख्य सचिव र सम्बन्धित मन्त्रालयका सचिवहरूसहित विभिन्न सरोकारवाला निकायका प्रमुखलाई बोलाएर छलफल गरी आवश्यक निर्णय गरिने जानकारी दिए ।

सभापति खतिवडाका अनुसार बैठकले द्रुतमार्ग निर्माणका सन्दर्भमा सेनाबाट अनुरोध भएबमोजिम भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट उपलब्ध गराउनुपर्ने आवश्यक प्राविधिक तथा अन्य सहयोग समयमै उपलब्ध गराउन सो मन्त्रालयलाई निर्देशन दिने, द्रुतमार्ग निर्माणको सम्बन्धमा आवश्यक पर्ने अन्तरनिकाय समन्वयको सहजीकरणका लागि प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयलाई निर्देशन दिने निर्णय गरेको छ ।

त्यसै गरी बैठकले राष्ट्रिय गौरवका आयोजनालाई समयमै सम्पन्न गर्न सबै पक्षबाट प्राथमिकता दिई आवश्यक सहयोग गर्न प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिने निर्णय उनले जानकारी दिए । गोरखापत्र दैनिक




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भूमिगत विद्युतीकरणको काम ३ महिनालाई स्थगित

चितवन । चितवनको भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि

रोल्पाको थवाङ -५ का वडाध्यक्ष घर्तीमगरको मृत्यु

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको मृत्यु भएको । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका घर्तीमगरको नेपालगन्ज मेडिकल

एक वर्षभित्र उपयोगमा ल्याउने गरी मिथेन ग्यासको उत्पादनमा लाग्न प्रधानमन्त्रीको…

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षभित्र उपयोगमा ल्याउन सकिने गरी दैलेखमा रहेको मिथेन ग्यासको उत्पादनमा लाग्न निर्देशन दिएका

वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम

काठमाडाैँ । वर्षायाम शुरू भएसँगै देशभर डेङ्गी सङ्क्रमणको जोखिम बढेको छ । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

११ महिनामा ७१ करोड रुपैयाँको कोदो आयात

काठमाडौं । चालु आर्थिक वर्षको जेठ मसान्तसम्म (११ महिना) मा ७१ करोड ८७ लाख रुपैयाँको कोदो आयात भएको छ ।

दीपक मनाङेको सांसद पद खारेज

काठमाडाैँ । मनाङबाट गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित राजीव गुरुङ (दीपक मनाङे) को सांसद पद खारेज भएको छ । ज्यान मार्ने

Techie IT