Techie IT
२०८१ वैशाख २२, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालबागमती स्कुलमा ‘विज्ञान तथा शैक्षिक प्रदर्शनी’

बागमती स्कुलमा ‘विज्ञान तथा शैक्षिक प्रदर्शनी’


काठमाडौँ। बागमती स्कुल तथा कलेजमा ‘विज्ञान तथा शैक्षिक प्रदर्शनी’ गरिएको छ। काठमाडौँको सुकेधारामा रहेको स्कुलमा शनिबार भएको कार्यक्रममा सामाजिक अभियन्ता एवं वैज्ञानिक डा. महावीर पुनको सहभागिता थियो।

कार्यक्रममा पुनले विद्यार्थीहरुलाई घोकन्ते शिक्षाभन्दा पनि व्यवहारिक शिक्षा आवश्यक रहेको जनाएका छन्।

उनले विद्यार्थीहरुलाई दैनिक जीवनमा आइपर्ने र समस्या समाधान गर्न सक्ने खालको शिक्षा प्रदान गर्नुपर्ने सुझावसमेत दिए। ‘हामीले के शिक्षा दिइरहेका छौं, विद्यार्थीले त्यसलाई उपभोग गर्न सकिरहेका छन् कि छैनन् भन्नेमा ध्यान दिनुपर्नेछ,’ कार्यक्रममा सहभागी पुनले भने, ‘विद्यार्थीहरुलाई घोकन्ते विद्याभन्दा पनि सीपमूलक शिक्षा चाहिएको छ।’ उनले यस्ता कार्यक्रम विद्यालयको पाठ्यक्रममै समावेश हुनुपर्नेमा जोड दिए।

विद्यार्थीहरुले बनाएका विज्ञान प्रविधिको अवलोकन गर्दै उनले यस्तैखाले कार्यक्रम अन्य विद्यालयहरुमा पनि गरिनुपर्ने सुझाए। विद्यार्थीहरुले पनि आफूले बनाएका सामग्रीहरुबारे कार्यक्रममा सहभागी भएकाहरुलाई जानकारी गराएका थिए।

गणित तथा विज्ञानसँग सम्बन्धित ५२ वटा स्टलसम्मै पुगेर वैज्ञानिक पुनले विद्यार्थीहरुलाई हौसला प्रदान गरेका थिए। वैज्ञानिक पुन र बागमती फाउन्डेसनका अध्यक्ष डा. सुरेन्द्र सिटौलाले सामूहिक रुपमा ‘विज्ञान तथा शैक्षिक प्रदर्शनी’ को शुभारम्भ गरेका थिए।

बागमती कलेजका निर्देशक अश्मिन सिटौलाले प्रविधिमैत्री शिक्षामा जोड दिँदै विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभालाई प्रस्फुटन गर्न संस्था सदैव तयार हुने प्रतिबद्धता जनाए। कार्यक्रममा बागमती कलेजले राष्ट्रिय आविष्कार केन्द्रलाई २५ हजार रुपैयाँ सहयोग गरेको छ।

विद्यार्थी तथा अभिभावकहरु सहभागी रहेको कार्यक्रममा बागमती हस्पिटालिटी एन्ड म्यानेजमेन्ट क्लबको आयोजनामा ‘फुड फेस्टिभल’ समेत गरिएको थियो। जसमा कक्षा ११ र १२ का होटेल म्यानेजमेन्ट विषय पढिरहेका विद्यार्थीहरुले खानाका विभिन्न परिकार बनाएर कार्यक्रममा सहभागीहरुलाई खुवाएको बागमती कलेजका प्राचार्य विशाल पराजुलीले जानकारी दिए। उनले यस्ता कार्यक्रम हरेक वर्ष क्यालेन्डरमै राखेर गरिरहेको पनि जानकारी दिए। उनका अनुसार यो आठौं संस्करण हो।

बागमती स्कुलका प्रधानाध्यापक श्यामदत्त अधिकारीले बागमती रोबोटिक्स क्लबको योगदानमाथि चर्चा गर्दै यसमा संलग्न विद्यार्थी तथा शिक्षकहरुको प्रशंसा गरे। उनले आगामी दिनमा विद्यार्थीहरुको प्रतिभा प्रस्फुटनका लागि सहयोग गर्ने पनि जनाए।

कार्यक्रममा प्राथमिक तहका विद्यार्थीलक्षित गरी खेल्ने सामग्रीका स्टलहरुसमेत राखिएका थिए। कार्यक्रममा तीन हजार भन्दा बढी अवलोकनकर्ताको उपस्थिति थियो।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौँ महानगरले १ लाख बीमितको कार्ड जारी गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । कामपाभित्र स्वास्थ्य बीमा

सरकारले गर्‍यो ६ सचिवको सरुवा

काठमाडौँ । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णय

काठमाडौँ । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार, अवस्था गम्भीर

काठमाडौँ । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ । छात्राको अवस्था

जापान पठाइदिन्छु भन्दै ३ करोड ठग्ने दुई जना पक्राउ

काठमाडौँ । अरूको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ

स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्तः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता

Techie IT