Techie IT
२०८१ मंसीर १८, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालआन्दोलनरत युवाहरूले मन्त्री ज्वालाको गाडी जलाए

आन्दोलनरत युवाहरूले मन्त्री ज्वालाको गाडी जलाए


काठमाडौँ । आन्दोलनरत युवाहरूले भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको गाडी जलाएका छन् । ईपीएस परीक्षाको विषयलाई लिएर आन्दोलनरत युवाहरूले मन्त्री ज्वालको गाडी जलाएका हुन् ।

बालकुमारी–सातदोबाटो सडकमा सयौंको संख्यामा प्रदर्शनमा उत्रिएका उनीहरूले बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्री प्रकाश ज्वालाको बा २ झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् ।

एकीकृत समाजवादीका उपमहासचिव समेत रहेका ज्वाला मन्त्री क्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए । बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोके । गाडीमा उनीसँगै दुई जना निजी सुरक्षा अधिकृत थिए ।

तर प्रदर्शनकारीहरुले गाडीलाई घेरा हालेपछि उनीहरुले गाडीबाट बाहिर निस्किएका थिए । मन्त्री र पीएसओ गाडीबाट हटेपछि प्रदर्शनकारीहरुले आगजनी गरेका हुन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

हवाई भाडामा वृद्धि

काठमाडौं । नेपाल आयल निगमले शनिबार हवाई इन्धनमा २ रुपैयाँ प्रतिलिटर वृद्धि गर्दा हवाई भाडा पनि वृद्धि भएको छ ।

दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ४ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले आइतबार

नेपाल र चीन बीच पारस्परिक सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर

चीन । नेपाल र चीनका प्रधानमन्त्रीको उपस्थितिमा व्यापार प्रवर्द्धन, प्राविधिक सहयोग आदानप्रदान लगायत विभिन्न आठ विषयमा सहयोग र सहकार्य सम्बन्धी

पाठेघरको मुखको क्यान्सर रोकथामका लागि फागुन महिनाभर परीक्षण हुने

काठमाडाैँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सर रोकथाम गर्न दुई लाख ५० हजार महिलाको परीक्षण तथा रोग पहिचान

गढीमाई मेलामा बाराका १६ वटै पालिकामा बिदा

काठमाडौं । बारामा प्रत्येक पाँच वर्षको मंसिर महिनाभरी लाग्ने विश्व प्रसिद्ध गढीमाई मेलाको अवसरमा बाराको १६ वटै पालिकाले ४ दिन

पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार

बनियानी (झापा) । जिल्लाको शिवसताक्षी नगरपालिका-१० स्थित पर्यटकीयस्थल दोमुखामा दुईमुखे प्रवेशद्वार निर्माण गरिएको छ । सोमबार एक कार्यक्रमकाबीच नगरप्रमुख मेगाहाङ

Techie IT