Techie IT
२०८२ जेठ २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालबालकुमारीमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवाको पनि मृत्यु

बालकुमारीमा प्रहरीको गोली लागेर घाइते भएका अर्का युवाको पनि मृत्यु


काठमाडौँ । ललितपुरको बालकुमारीमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका अर्का एकजना युवाको पनि मृत्यु भएको छ । नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतका अनुसार मृत्यु हुनेमा डोटीका वीरेन्द्र शाह रहेका छन् ।

उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । सोही घटनामा अर्का घाइते दैलेखका सुजन राउतको मृत्यु भइसकेको छ । अर्का एकजना युवा पनि गम्भीर घाइते अवस्थामा रहेको प्रहरीले बताएको छ।

प्रहरीले २३ जना प्रदर्शनकारीहरूलाई नियन्त्रणमा लिएको छ ।

शुक्रबार अपरान्ह भौतिक,पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र गोली चलाएको थियो । सोही क्रममा करिब एक दर्जन बढी प्रदर्शनकारी घाइते भएका छन् ।

उनीहरूको पाटन र किष्ट अस्पतालमा उपचार भइरहेको छ ।

कोरियन भाषा परीक्षाको विषयलाई लिएर विरोध प्रदर्शमा उत्रिएका युवाहरूले मन्त्री सवार गाडीमा आगजनी गरेका थिए ।

 




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

चिनियाँ नेता सियाओ जी काठमाडौंमा

काठमाडौं । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणमा काठमाडौं आइपुगेका छन् । उनी सगरमाथा संवादमा

सतुङ्गलको कपडा पसलमा आगलागी

काठमाडौं । चन्द्रागिरि नगरपालिका –११ सतुङ्गल चोकस्थित एक कपडा पसलमा विद्युत् सर्ट भएर आगो लागेको छ । आज बिहान करिब

ग्यास चुहिएर मखनटोलमा आगलागी, १ जनाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा १ जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका

मनसुनको पूर्वतयारी तथा प्रतिकार्यका लागि राष्ट्रिय कार्ययोजना निर्माण गरिँदै

काठमाडाैँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनको पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना, २०८२ निर्माण गर्दैछ । मौसम

नौ महिनामा भित्रियो ११ खर्ब ९१ अर्ब ३१ करोड विप्रेषण

काठमाडौं । विप्रेषण आप्रवाहमा वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक बर्षको नौ महिनामा

विद्यालयमा ‘इ लर्निङ कक्ष’ सञ्चालन गर्न सहयोग गर्दै ईश्वर मन्दिर

भोजपुर । भोजपुर नगरपालिका–८ पोखरेस्थित सरस्वती आधारभूत विद्यालयमा ‘इलर्निङ कक्ष’सञ्चालनमा ल्याइएको छ । यसका लागि १० थान कम्प्युटर र आवश्यक

Techie IT