Techie IT
२०८१ वैशाख ३१, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपाललोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र होः देउवा

लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र होः देउवा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अझै राम्रो लोकतन्त्र भएको बताएका छन् ।

सोमबार काठमाडौँमा मेलमिलाप दिवसको अवसरमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले लोकतन्त्रको प्रतिस्पर्धी अझ राम्रो लोकतन्त्र मात्रै भएको भन्दै यसको विकल्पबारे नसोच्न चेतावनी दिए ।

उनले नेपालमा मेलमिलापको आवश्यकता र औचित्य अझै बढ्दै गएकाले सबै मिलेर अघि बढ्नुपर्ने बताए । सभापति देउवाले एकअर्काप्रति कडा प्रतिस्पर्धाका बीच नेपालमा राजनीतिक दलहरुबीच मेलमिलाप र एकता हुनु राम्रो पक्ष भएको बताए ।

‘अनेक किसिमका बहाना खोज्नेहरुबाट लोकतन्त्र, गणतन्त्रको खिलाफमा वातावरण बनाउने प्रयास भइरहेको छ । लोकतन्त्रको निम्ति, लोकतन्त्रको प्रतिस्पर्धी अझ राम्रो लोकतन्त्र हो । लोकतन्त्रको विकल्प भनेकै लोकतन्त्र हो। यसको विकल्प छैन,’ उनले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

उपेन्द्र यादवले दिए दल विभाजनविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो दल विभाजन गरी गठन भएको नयाँ पार्टी दर्ता गर्ने

अनलाइन सट्टेबाजीमा २ अर्बभन्दा बढी कारोबार गरेको आरोपमा युवक पक्राउ

काठमाडौँ । अनलाइन सट्टेबाजी बेटिङ साइटमा सट्टेबाजी गर्ने र क्रिप्टोकरेन्सी कारोबार गर्ने एक जना पक्राउ गरेका छन् । पक्राउ पर्नेमा

संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरि सहमतिको प्रयास भइरहेको…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र संकटग्रस्त सहकारीको अध्ययन गर्न समिति बनाउने गरि सहमति खोज्ने प्रयास भइरहेको बताएका छन्

सेक्युरिटी प्रिन्टिङ प्रेस प्रकरणमा ६ जनाविरुद्ध ४० करोडभन्दा बढीको बिगो…

काठमाडौँ । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन सफल श्रेष्ठसहित छ जनाविरुद्ध आज

गायक रवि ओडले गरे प्रहरीसमक्ष आत्मसमर्पण

काठमाडौँ । गायक तथा नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका

काठमाडौँको बत्तीसपुतलीमा युवकको हत्या, ४ जना पक्राउ

काठमाडौँ । गएराति काठमाडौँको बत्तीसपुतलीमा एक युवकको हत्या भएको छ । मोरङ घर भइ कुमारी टोलमा बस्दै आएका २४ वर्षीय

Techie IT