Techie IT
२०८३ असोज २३, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठ ∕ अर्थ ∕ डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्नेले बढीमा ६० किस्तासम्मको महसुल तिर्न पाउने

डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्नेले बढीमा ६० किस्तासम्मको महसुल तिर्न पाउने


काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत उपभोग गर्ने उपभोक्ताहरुलाई बढीमा ६० किस्तासम्म बिजुलीको महसुल तिर्न पाउने व्यवस्था गरेको छ । व्यवसायीहरुको सहजताका लागि भन्दै प्राधिकरणले छुट बिलिङ गरिएको विद्युत् खपतको महसुल बढीमा ६० किस्तासम्म तिर्न सक्ने व्यवस्था गरेको हो ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको अध्यक्षतामा सोमबार साँझ बसेको प्राधिकरण सञ्चालक समिति (बोर्ड)को बैठकले बक्यौता रकम भुक्तानी गर्न किस्ताबन्दीको व्यवस्थालाई बढाएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जति महिनाको छुट बिल जारी गरिएको त्यति नै महिनाको वा बढीमा ६० महिनाको किस्ताबन्दीको सुविधा दिने विशेष व्यवस्था बोर्डबाट गरिएको जानकारी दिए ।

विगतमा लोडसेडिङको अवस्थामा प्राधिकरणको विद्युत् प्रणालीमा निरन्तर विद्युत् आपूर्ति हुने डेडिकेटेड फिडर र ट्रङ्क लाइन (एक सवस्टेशनबाट अर्को सवस्टेशन जोड्ने लाइन)बाट विद्युत् आपूर्ति लिने औद्योगिक, व्यापारिक र गैरव्यापारिक वर्गका ग्राहकलाई प्रिमियमसहितको विद्युत् महसुल भुक्तानीका लागि पटक पटक ताकेता एवं सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको थियो ।

तर महसुल बुझाउन अस्वीकार गरेको भन्दै प्राधिकरणले यही पुस ६ गतेबाट बिजुलीको लाइन काट्न सुरु गरेको थियो । प्राधिकरणले २३ उद्योगको विद्युत् लाइन काटिदिएको थियो ।

आम सर्वसाधारण उपभोक्ताले विगतमा दैनिक रुपमा १७–१८ घण्टासम्मको लोडसेडिङ बेहोरिरहेका बेला २३९ औद्योगिक, व्यापारिक र गैरव्यापारिक ग्राहकले डेडिकेटेड फिडर तथा ट्रङ्क लाइनमार्फत २० घण्टाभन्दा बढी उपभोग गरिरहेका थिए । कूल २३९ ग्राहकमध्ये १७८ उपभोक्ताले डेडिकेटेड तथा ट्रङ्क लाइन बापतको प्रिमियमसहितको विद्युत महसुल समयमै प्राधिकरणलाई भुक्तानी गरिसकेका छन् ।

डेडिकेटेड तथा ट्रङ्क लाइनबाट विद्युत् उपभोग गरेको कुल ६१ वटा उपभोक्ताहरुको २०८० मंसिर मसान्तसम्म २२ अर्ब २४ करोड तिर्न बाँकी रहेको छ । यसमध्ये ५ करोडभन्दा बढी बक्यौता रहेका २३ उद्योगको विद्युत् लाइन काटिएको छ। बक्यौता रहेका अन्य उद्योगको लाइन क्रमशः विच्छेद गर्दै जाने प्राधिकरणको रणनीति छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त

काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र

ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित

काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै

रुपन्देही । भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट नेपालका लागि अत्यावश्यक सामाग्रीहरु भित्र्याउन शुुरु गरेको छ । जिल्ला सुरक्षा समितिले बिहिबार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

Techie IT