Techie IT
२०८० जेठ २१, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालराष्ट्रियसभामा शोक प्रस्ताव पारित

राष्ट्रियसभामा शोक प्रस्ताव पारित


काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकले संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । उनको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ ।

स्वर्गीय पाण्डे नेपाली कांग्रेस पार्टीबाट २०४८ र २०५१ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित, विसं २०६४ सालको संविधानसभा निर्वाचन र विसं २०७४ सालको प्रतिनिधिसभाका निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित भएकी थिइन् ।

पूर्वमहिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री समेत रहेकी उनी सालिन र सरल नेत्री थिइन् । उनको ७२ वर्षको उमेरमा यही जेठ १६ गते असमायिक निधन भएको थियो ।

राष्ट्रियसभाको अर्को बैठक सोमबार १ बजे बस्नेछ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

राष्ट्रपतिद्वारा ६ देशमा गैरआवासीय राजदूत नियुक्त

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले ६ देशमा गैरआवासीय राजदूत नियुक्त गरेका छन्। आइतबार राष्ट्रपति पौडेलले ब्रुनाई दारुसलाम,गणतन्त्र चिलि, क्रोसिया, गणतन्त्र काजखस्तान,

पाकिस्तान र अफगानिस्तान विश्वकै खाद्य अभावका ‘हटस्पट’ बन्ने जोखिममा

एजेन्सी । दक्षिण एशियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा आर्थिक एवम् राजनीतिक सङ्कट गहिरिदै जाँदा दुवै देश विश्वकै खाद्य अभावका ‘हटस्पट’

थुनछेक बहसका लागि टोपबहादुर रायमाझी र बालकृष्ण खाण जिल्ला अदालतमा

काठमाडौँ। नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाण लगायतलाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको छ।

शेयर लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरको दर परिवर्तन भएको छैन: अर्थ…

काठमाडौँ । शेयर बजारका लगानीकर्ताले तिर्ने पुँजीगत लाभकरमा आर्थिक विधेयक, २०८० बाट कुनै परिवर्तन नभएको अर्थ मन्त्रालयले स्पष्ट पारेको छ

गर्मी बढेपछि सर्लाहीका विद्यालय बन्द

सर्लाही । सर्लाहीमा केही दिनयता अत्यधिक गर्मी बढेपछि विद्यालय बन्द गरिएको छ । गर्मी बढेपछि जिल्लाका सबै सामुदायिक तथा संस्थागत

गलकोटमा रोपाइँको चटारो

बागलुङ । बागलुङको गलकोटका किसानलाई असार नलाग्दै रोपाइँको चटारो छ । सिञ्चित र दुई बाली फल्ने खेतमा रोपाइँ छिटो हुन्छ

Techie IT