गृहपृष्ठ ∕
नेपाल ∕
कोरोनाको नयाँ भेरियन्टबाट नआत्तिन स्वास्थ्य मन्त्रालयको आग्रह कोरोनाको नयाँ भेरियन्टबाट नआत्तिन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ । नेपालमा पनि कोरोनाको नयाँ सब भेरियन्ट जेएन.१ भेटिएको हुँदा यसबाट आत्तिनुपर्ने अवस्था नरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
नयाँ सब भेरियन्ट देखिएसँगै यसको जोखिमबारे सर्वसाधारणको चिन्ता बढेपछि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले भने सिकिस्त नबनाउने र मृत्यु दर कम भएकाले नआत्तिन आग्रह गरेको हो ।
महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले जेएन.१ नयाँ भाइरस नभएको र मृत्यु गराउने दर पनि कम देखिएकाले आत्तिनुपर्ने अवस्था नरहेको बताए ।
नेपालमा पहिलोपटक सात जनामा जेएन.१ संक्रमण देखिएको छ । जेएन.१ बढी संक्रामक भएकाले संक्रमितको संख्या भने बढ्न सक्ने मन्त्रालयले जनाएको छ । जनस्वास्थ्यका मापदण्डहरु पालना गर्न मन्त्रालयले आग्रह गरेको छ ।
भारतसँगै एसियाका विभिन्न मुलुकहरूमा यो भाइरस फैलिइरहेको छ । कोरोनाको नयाँ भेरियन्टबाट नआत्तिन स्वास्थ्य मन्त्रालयको आग्रह
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
काठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र
काठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप
काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट
काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद
काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त
कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो