Techie IT
२०८० फागुन २०, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालआयोग उपाध्यक्ष श्रेष्ठ र इयू राजदूतबीच भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठ र इयू राजदूतबीच भेटवार्ता


काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँग नेपालका लागि युरोपियन युनियन (इयू)की राजदूत भेरोनिक लोरेन्जोले भेटवार्ता गरेकी छन् ।

सोमबार सिंहदरबारस्थित आयोग कार्यालयमा उपाध्यक्ष श्रेष्ठसँग राजदूत लोरेन्जोले शिष्टाचार भेटवार्ता भएको हो ।

भेटवार्तामा आयोगले तयार गरिरहेको १६औं योजना, अति कम विकसित मुलुक (एलडिसी)बाट विकासशील मुलुकमा स्तरोन्नतिपछि नेपाल र इयूको व्यापारमा हुने असर, बहुपक्षीय पोषण कार्यक्रम (मल्टी सेक्टरल न्यूट्रिशन) लगायतका विषयमा छलफल भएको छ ।

आयोगका उपाध्यक्ष श्रेष्ठले १६औं योजना सबै क्षेत्रको सुझाव लिएर तयार भइरहेको बताउँदै लक्ष्य प्राप्ति हुने गरी योजना तर्जुमा हुने विश्वास दिलाए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भीपीएन प्रयोग गरेर नाबालिगको फोटोमा जथाभावी पोष्ट गर्ने एक जना…

काठमाडौँ । आफ्नो परिचय लुकाउन भर्चुअल प्राइभेट नेटवर्क भीपीएन प्रयोग गरेर फेक आईडी बनाएर नाबालिगलाई हैरानी दिएको आरोपमा एक जना

हिमपातले नाग्म-गमगढी सडक अवरुद्ध

मुगु । लगातारको हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म–गमगढी सडक खण्ड अवरुद्ध भएको छ । एक हप्ताअघि यो खण्डमा जमेको हिउँ सडक

राष्ट्रिय गौरवका आयोजनाको लागत बढे आयोजना प्रमुखहरू जिम्मेवार हुने प्रधानमन्त्रीको…

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय गौरवका आयोजनाहरूको प्रगतिबारे भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसँग छलफल गरेका छन् । आइतबार

शालिन पोस्टमार्टममा बलात्कार भएको देखिएन

काठमाडौँ । चितवनको शिशु निकेतन विद्यालयभित्र मृत भेटिएकी शालिन पोखरेलको बलात्कार नभएको देखिएको छ । त्रिवि शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टममा

जनकपुरमा स्कुल बसले ठक्कर दिँदा एक महिलाको मृत्यु, ६ घाइते

जनकपुरधाम । जनकपुरमा स्कूल बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् । जनकपुर

प्रधानमन्त्री प्रचण्ड र रास्वपा सभापतिबीच भेट

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेट भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा

Techie IT