Techie IT
२०८१ वैशाख २१, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालरूसी सेनामा कार्यरत थप एक नेपालीको निधन

रूसी सेनामा कार्यरत थप एक नेपालीको निधन


काठमाडौँ । रुसी सेनामा कार्यरतरसुवाको नौकुण्ड गाउँपालिका– ५ का ३२ वर्षीय सुन्दर मोक्तानको निधन भएको छ । उनी गत भदौ अन्तिमतिर रोजगारीका लागि क्रोयसिया गएका थिए ।

मृतकका आफन्त बुद्धि मोक्तानले कार्तिक अन्तिममा क्रोयसिया छु भनेर कुरा भएको जानकारी दिएका छन् । उनले भने, ‘केही दिनपछि जंगलको बाटो भएर रुस जाने भएकाले नेट नलाग्ने भनेका थिए, पछि दुःखद खबर आयो ।’ अहिले उनको मृत्युको खबरले उनको परिवार शोकमा डुबेको छ । यससँगै रुसी सेनामा ज्यान गुमाउने नेपालीको संख्या १२ पुगेको छ ।

उनको २६ दिनअघि मृत्युको भएको खबर आएको र शव ल्याउनेबारे कुरा भइरहेको नौकुण्ड गाउँपालिका उपाध्यक्ष चन्द्रबहादुर तामाङले बताएका छन् । रुसमा रहेका चन्द्र तामाङ नाम गरेका व्यक्तिले उनको मृत्यु भएको खबर परिवारलाई गरेका थिए । नेपाली सेनामा जागिरे सुन्दर सशस्त्र द्वन्दमा माओवादीको दबाबपछि जागिर छाडेका थिए । परिवार पाल्न उनले निर्माण व्यवसाय कम्पनीमा पनि काम गरेका थिए । श्रीमानको मृत्युको खबर सुनेपछि ओमानमा रहेकी उनकी श्रीमती पातली मोक्तान नेपाल आएकी छन् । अहिले उनी श्रीमानको मृत्युको खबर बुझ्न काठमाडौंमा छिन् । कहिले परराष्ट्र मन्त्रालय त कहिले नेपालस्थित रसियन दूतावाससँग हारगुहार गरिरहेकी छन् ।

रोजगारीको सिलसिलामा उनी केही समय अघि मलेसिया गएका थिए । क्रोएसिया जान ठिक पारेको रकम दलालीले खाइदिएपछि उनको क्रोएसिया जाने सपना अधुरै रहेको थियो । त्यसपछि उनी अर्को बाटो अपनाएर क्रोयसिया हुँदै रुस पुगेको पाइएको छ । मोक्तानले गत सेप्टेम्बर २३ मा अन्तिम पटक श्रीमती पातलीसँग कुराकानी गरेका थिए ।

मृतकका बाबु कमानसिंह मोक्तान तामाङको १० वर्षे सशस्त्र द्वन्द्वको समयमा माओवादीले हत्या गरेका थिए । ०५९ माघ ९ गते १५र२० जनाको समूहमा माओवादी कार्यकर्ताले आफ्नै घरमा सुतिरहेको अवस्थामा बार्दलीबाट आँगनमा खसालेर कुटपिट गरी धारिलो हतियार प्रयोग गरी हत्या गरेका थिए । सुन्दरको परिवारमा बुढी आमा, श्रीमती र दुई छोराछोरी छन् । उनका दुई भाइ मलेसियामा छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

काठमाडौँ महानगरले १ लाख बीमितको कार्ड जारी गर्ने

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि एक लाख बीमितको कार्ड जारी गर्ने भएको छ । कामपाभित्र स्वास्थ्य बीमा

सरकारले गर्‍यो ६ सचिवको सरुवा

काठमाडौँ । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा

१०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राख्ने सरकारको निर्णय

काठमाडौँ । १०० रुपैयाँको नोटमा नेपालको नयाँ नक्सा राखिने भएको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले यस्तो निर्णय गरेको हो

परीक्षा दिएर फर्किरहेकी छात्रामाथि गोली प्रहार, अवस्था गम्भीर

काठमाडौँ । झापामा कक्षा १२ को परीक्षा दिएर घर फर्किंदै गरेकी एक छात्रामाथि गोली प्रहार भएको छ । छात्राको अवस्था

जापान पठाइदिन्छु भन्दै ३ करोड ठग्ने दुई जना पक्राउ

काठमाडौँ । अरूको नागरिकता दुरुपयोग गरी कन्सल्टेन्सी चलाएर जापान पठाइदिने भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । पक्राउ

स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्तः राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता

Techie IT