Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालहेटौँडामा बस दुर्घटना हुँदा १० जना घाइते

हेटौँडामा बस दुर्घटना हुँदा १० जना घाइते


हेटौँडा । मकवानपुरको हेटौँडा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । फुर्केचौरबाट हेटौँडातर्फ आइरहेको यात्रुवाहक बस हेटौँडा उपमहानगरपालिका वडा नम्बर ६ स्थित पुतलीबजारमा दुर्घटना हुँदा १० जना घाइते भएका हुन् ।

बुधबार बिहान मदनभन्डारी राजमार्ग अन्तरगतको फुर्केचौर हेटौँडा खण्डको पुतलीबजारमा १५ जना सवार ना ३ ख ५३०३ नम्बरको यात्रुवाहक बस नालिबाट तल पल्टिएको मकवानपुर प्रहरीले जनाएको छ । ट्रकलाई साइड दिने क्रममा बस सडकबाट पल्टिन पुगेको हो ।

दुर्घटनाबाट घाइते भएकाहरुमा ७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ भने ३ जनाको सन्चो अस्पतालमा उपचार भइरहेको मकवानपुर प्रहरीले जनाएको हो ।

घाइतेहरुको विवरण

१. मकवानपुर हेटौँडा उपमहानगरपालिका– १७ हटिया बस्ने बर्ष अन्दाजी २५ की पुष्पा डंगोल – ओठ र बाँया पातामा भित्री चोट, अबस्था सामान्य
२. सोही ठाउँ बस्ने बर्ष अं. २१ की रुपा डंगोल – अवस्था सामान्य
३. हेटौंडा १८ बस्ने बर्ष अं. ४५ की महिला (नाम स्पष्ट बताउन नसक्ने) (अवस्था सामान्य
४. सोही ठाउँ बस्ने बर्ष अं. ७० को पुरुष (नाम स्पष्ट बताउन नसक्ने) (अवस्था सामान्य
५. हेटौंडा १७ बस्ने बर्ष अं. ५१ को शंकर राई – अवस्था सामान्य
६. सोही ठाउँ बस्ने बर्ष अं. ५५ की आशा राई – अवस्था सामान्य
७. जिल्ला पर्सा बिरगंज घर भई हेटौंडा १६ बस्ने बर्ष अं. २२ की सिमा साह – निधारमा बाहिरी चोट सामान्य

सन्चो हस्पिटलमा उपचार भई रहेकोमा
८. मकवानपुर गढी गाउँपालिका– ७ बस्ने बर्ष अं. ५६ की माहिली माया थीङ – खुट्टामा चोट, सामान्य
९. सोही ठाउँ बस्ने बर्ष अं. ४६ को कुमार सिं गोले – टाउकोमा चोट, सामान्य
१०. १८ हर्नामाडी बस्ने बर्ष अं. ३६ को सोम लाल थिङ – टाउकोमा चोट, अवस्था सामान्य




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT