Techie IT
२०८२ असार २१, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालजन्मदिनमा थापाद्वारा विपन्न परिवारलाई झण्डै १ लाखको खाद्यान्न सहयोग

जन्मदिनमा थापाद्वारा विपन्न परिवारलाई झण्डै १ लाखको खाद्यान्न सहयोग


बागलुङ । सामाजिक संस्था घुम्टे युवा परिवार जापान शाखाका उपाध्यक्ष युवा समाजसेवी दुर्गा थापाले विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

गलकोट नगरपालिका ७ मल्म हाल जापानमा कर्म गर्दै आएका समाजसेवी थापाले श्रीमती सकुन केसी थापा र छोरा बिनम्र थापाको जन्मदिनको अवसरमा गलकोट नगरपालिका वडा नं ९ बाँसखोला, चित्रेथुम निवासी पुतली विश्वकर्माको परिवारलाई ८५ हजारको खाद्यान्न र नगद रु ५ हजार सहयोग गरेका हुन् ।

विश्वकर्माको परिवारलाई एक कार्यक्रमका बिच उक्त खाद्यान्न सामाग्री सहयोगी दुर्गा थापा र गलकोट नगरपालिका वडा नं ९ का वडा अध्यक्ष तेज बहादुर थापाले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

विश्वकर्माको परिवारमा शारिरिक अशक्त बालबच्चा, पाका उमेरका गरि १० जनाको परिवार रहेको छ । आर्थिक अवस्था निकै कमजोर रहेका विश्वकर्मा परिवारको जग्गा जमिन पनि पर्याप्त नरहेको र दैनिक ज्याला मजदुरी गरेर जिवीकोपार्जन गर्दै आईरहेको वडा अध्यक्ष थापाले बताए ।

रोजगारीको सिलसिलामा जापानमा रहेर व्यवसाय सञ्चालन गर्दै आईरहेका समाजसेवी थापाले आफु विदामा नेपाल आएको बेला विश्वकर्मा परिवारमा समस्या रहेको जानकारी पाएपछि आफ्नो श्रीमती र छोराको जन्मोत्सवमा खाद्यान्न सहयोग गर्ने योजना तय गरेको बताए ।

समाजमा दुख पिडा र आर्थिक अभावमा कसैले समस्या झेल्न नपरोस भन्दै एकले अर्कोलाई सहयोग गनुपर्ने मान्यता अनुसार आफलेु सदभाव बाँडन उक्त खाद्यान्न सहयोग गरेको थापाले उल्लेख गरे ।

समाजसेवी थापाले यस अघि नेपालमा गएको विनाशकारी भूकम्प र कोराना कालमा पनि गलकोटमा खाद्यान्न तथा स्वास्थ्य सामाग्री सहयोग गरेको स्मरण गर्दै संकटमा सबै नागरिकले जसले जे सकिन्छ त्यो सहयोग गर्नु पर्ने बताए ।

खाद्यान्न ग्रहण गरेपछि विश्वकर्मा परिवारले सहयोगी थापालाई धन्यवाद ज्ञापन गरेको छ । जन्मोत्सवमा गरिने फजुल खर्च कटौती गरि विपन्न परिवारलाई गरिने यस्ता सहयोग सबैका लागि अनुकरणीय हुने उक्त सामाग्रीको निशुल्क ढुवानीकर्ता युवा व्यवसायी हुम थापाले बताए । उनले यस किसिमको सहयोगले समाजमा विभिन्न सन्दर्भमा गरिने खर्च कटौती गरि विपन्न नागरिकलाई सहयोग गर्नु परोपकारी काम हुने उल्लेख गरे ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT