Techie IT
२०८२ असोज २, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालरेडियो नेपाल र नेपाल टिभीलाई सार्वजनिक प्रसारण सेवामा रूपान्तरण गर्ने सरकारको तयारी

रेडियो नेपाल र नेपाल टिभीलाई सार्वजनिक प्रसारण सेवामा रूपान्तरण गर्ने सरकारको तयारी


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल टेलिभिजन र रेडियो नेपाललाई सार्वजनिक सेवा प्रसारण संस्था बनाउने सम्बन्धमा संसदमा विचाराधिन रहेको विधेयकमा समयानुकूल परिमार्जन सहित पारित गर्ने गरी तयारी सरकारले गरिरहेको बताएका छन् ।

नेपाल टेलिभिजनको ३९ औ वार्षिकोत्सवका उपलक्ष्यमा आज टेलिभिजन परिसरमा आयोजित समारोहमा प्रधानमन्त्री प्रचण्डले आगामी दिनमा सकारात्मक प्रभाव राख्ने र सही विश्लेषणसहित सार्वजनिक सेवा प्रसारण संस्था बनाउने योजनाको सङ्कल्प तयार गर्न नेपाल टेलिभिजन र रेडियो नेपाललाई आग्रह गरे ।

प्रधानमन्त्री प्रचण्डले सरकारले सरोकारवाला पक्षको सहभागितामा आमसञ्चार सम्बन्धी विधेयकको मस्यौदा गर्ने काम गरिरहेको भन्दै सरकारले गरेका केही नयाँ नीतिगत व्यवस्थाहरू नियन्त्रणका लागि नभई नियमन र व्यवस्थापनका लागि भएको समेत स्पष्ट पारे ।

प्रधानमन्त्री प्रचण्डले देशकै पहिलो टेलिभिजन नेपाल टेलिभिजनले आफूलाई सूचना तथा सञ्चार क्षेत्रको प्रविधिमा आएको परिवर्तन अनुसार समयानुकूल बनाउनुपर्ने भन्दै अबको डिजिटल युगमा नेपाल टेलिभिजनले पनि आफ्ना उत्पादन र प्रसारणलाई त्यसतर्फ स्थापित गर्न ढिला गर्न नहुनेमा जोड दिए ।

प्रधानमन्त्री प्रचण्डले टेलिभिजनको अबको आवश्यकता र आम दर्शकको रुचि अनुसारका विषयवस्तुमा आफूलाई केन्द्रित गरी संस्थाको विकासका लागि नयाँ र दीर्घकालीन योजना र स्पष्ट दृष्टिकोणका साथ अगाडि बढ्नु पर्नेमा जोड समेत दिनुभयो ।

प्रधानमन्त्री प्रचण्डले सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधारको निर्माण र कानुनी तथा व्यावहारिक सुनिश्चितता गर्न प्रतिबद्ध रहेकोसमेत बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT