Techie IT
२०८२ कात्तिक १, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालहेलम्बुमा जिप दुर्घटना हुदाँ दुई भुटानी नागरिकको मृत्यु, पाँच जना घाइते

हेलम्बुमा जिप दुर्घटना हुदाँ दुई भुटानी नागरिकको मृत्यु, पाँच जना घाइते


सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाको –१ स्थित झिचेन मिलारेपा जाँदै गरेको जिप दोरिङ भीरबाट खस्दा दुई भुटानी पर्यटकको घटनास्थलमै ज्यान गएको छ भने पाँच जना गम्भीर घाइते भएका छन् ।

इलाका प्रहरी हेलम्बुका अनुसार मिलारेपा गुफा हिँडेको बा २ च ४४५० नम्बरको जिपमा एक नेपाली चालक र अन्य भुटानी नागरिक सवार थिए ।

मृतक हुनेमा ७१ वर्षीया वान मो र ३३ वर्षका टग्प गेङ रहेको इलाका प्रहरी कार्यालय हेलम्बुका प्रहरी निरीक्षक मनोजकुमार श्रेष्ठले बताए । दुई जना भुटानी नागरिक दुर्घटनास्थलमा मृत फेला परेका छन् भने अन्य घाइतेलाई उपचारर्थ उद्धार गरेर तत्कालै प्राथामिक स्वास्थ्य केन्द्र हेलम्बु पठाइएको छ, श्रेष्ठले भने ।

ध्यानको लागि चर्चित मिलारेपाको गुफा र गुम्बा जाने कच्ची बाटोमा जिप अनियन्त्रित भएर ५० मिटर तल खसेको थियो । डरलाग्दो आवाज सुनेपछि सुरक्षाकर्मी ,स्थानीय र जनप्रतिनिधि उद्धारमा खटिएका थिए । घाइतेको उपचारमा पहलकदमी लिइरहेका हेलम्बु गापा अध्यक्ष निमाग्याल्जेन शेर्पाले हेलम्बु प्राथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेका चारमध्ये तीनको गम्भीर अवस्था रहेको बताए ।

अधिकाशंको टाउको र हातपाउमा चोट लागेको छ , यहाँ उपचार नहुने घाइतेलाई थप उपचारको लागि काठमाडौं लैजान हेलिकप्टर बोलाउने तैयारी भइरहेको छ, शेर्पाले भने ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT