Techie IT
२०८२ असार १७, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालबलात्कार आरोपमा प्रहरीका पूर्वसई पक्राउ

बलात्कार आरोपमा प्रहरीका पूर्वसई पक्राउ


काठमाडौँ । नेपाल प्रहरीका पूर्वप्रहरी नायब निरीक्षक (सई) अनिरुद्र यादव बलात्कार आरोपमा पक्राउ परेका छन् ।

आमा घरमा नभएका बेला १७ पुसमा बेलुकी ८ बजेतिर कोठामा आएर बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी परिसर, काठमाडौंले पक्राउ गरेको हो ।

ती सईले पुस १७, १८ र १९ गते तीन दिन बलात्कार गरेको भन्दै पीडित किशोरीले प्रहरीमा जाहेरी दिएपछि प्रहरीले पक्राउ गरेर अनुसन्धान अघि बढाएको हो। करणी गर्न नदिए एसिड छ्याप्छु भन्दै धम्की दिने, बन्दुकको गोलीसमेत देखाउने गरेको पीडित किशोरीले प्रहरीसमक्ष बयान दिएकी छिन्।

जाहेरीका आधारमा पक्राउ गरेर सरकारी वकिलको रोहबरमा प्रहरीले बयान लिँदा भने पूर्व सई यादवले इन्कारी बयान दिएका छन् । उनले पीडितकी आमासँग आफू सम्बन्धमा रहेको बताउँदै पीडितलाई आफ्नो छोरी जस्तै मान्ने गरेको दाबी गरेका छन् ।

प्रहरीले भने अनुसन्धानपछि पीडितको स्वास्थ्य जाँच प्रतिवेदन समेत समावेश गरेर बलात्कार गरेको पुष्टि हुने निष्कर्षसहित रायसहितको प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा बुझाएको छ ।

सरकारी वकिलले जिल्ला अदालत, काठमाडौँमा जबरजस्ती करणीको कसूरमा मुद्दा दर्ता गराएको छ ।

आरोपी यादवले १ पुस २०७६ मा प्रहरीबाट राजीनामा दिएका थिए । र, हाल निजी कम्पनीमा सुरक्षागार्डका रुपमा काम गर्दै आएका छन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापन सत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तर्राष्ट्रिय वित्तीय प्रणाली

एस.इ.ई.को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी

काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा एस.इ.ई.को नतिजा एक साताभित्र सार्वजनिक गर्ने तयारी भएको छ । राष्ट्रिय परीक्षा बोर्ड अन्तर्गत

प्रधानमन्त्री ओली शनिबार स्पेन भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाने

उत्पादन बढेपछि भारतमा ७ सय र बंगलादेशमा ४० मेगावाट विद्युत्…

काठमाडौं । वर्षायाम शुुरु भएसँगै जलविद्युत् उत्पादनमा उल्लेखनीय वृद्धि भएको छ । आन्तरिक मागभन्दा बढी भएको बिजुली नेपाल विद्युत् प्राधिकरणले

भूमिगत विद्युतीकरणको काम ३ महिनालाई स्थगित

चितवन । चितवनको भरतपुर महानगरपालिकामा जारी भूमिगत विद्युतीकरणको काम रोकिएको छ । सडक विभागले वर्षायाममा सडक खन्न स्वीकृति नदिने जनाएपछि

रोल्पाको थवाङ -५ का वडाध्यक्ष घर्तीमगरको मृत्यु

काठमाडौं । रोल्पाको थवाङ गाउँपालिका–५ का वडाध्यक्ष गोवर्धन घर्तीमगरको मृत्यु भएको । नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएका घर्तीमगरको नेपालगन्ज मेडिकल

Techie IT