Techie IT
२०८० फागुन १८, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालसङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि

सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि


काठमाडौँ । सङ्घीय संसद्को हिउँदे अधिवेशन आजदेखि शुरु हुँदैछ । यो अधिवेशनलाई विधेयक अधिवेशनको रुपमा पनि लिइन्छ । वर्षे अधिवेशन अन्त्यको तीन महिनापछि नयाँ अधिवेशन शुरु हुन लागेको हो ।

अधिवेशनबाट सरकारले शान्ति प्रक्रियासँग सम्बन्धित ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन २०७१ लाई संशोधन गर्न बनेको विधेयक’ पारित गर्ने मुख्य लक्ष्य राखेको छ । यो विधेयक आजै संसदमा पेस हुँदैछ ।

दिउँसो ४ बजे बस्ने आजको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको विद्युतीय व्यापार विधेयक र राष्ट्रिय मर्यादासम्बन्धी विधेयक तथा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश पनि पेस गर्ने कार्यसूची छ ।

हिउँदे अधिवेशनबाट ३० वटाभन्दा बढी विधेयक पारित गर्ने लक्ष्य रहेको सरकारले जनाएको छ । सङ्घीय संसदमा अहिले विभिन्न चरणमा २४ विधेयक विचाराधीन छन् । यसमध्ये राष्ट्रिय सभामा तीन र प्रतिनिधि सभामा २१ विधेयक छन् । यसपालिदेखि हिउँदे अधिवेशनमै ‘प्रि–बजेट’ सम्बन्धी छलफलसमेत हुुने भएको छ ।

बजेट अधिवेशनका बेलामा मात्रै छलफल गर्दा सांसदहरूको सुझाव कार्यान्वयन हुन नसकेको भन्दै हिउँदे अधिवेशनमै संसदमा छलफल हुन लागेको हो । यस्तै, संसद्लाई व्यवस्थित र प्रभावकारी बनाउन हप्तामा तीन दिन संसद्को बैठक र तीन दिन संसदीय समितिका बैठक हुने गरी कार्यतालिका पनि तयार भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

पोखरा । पोखरा महानगरपालिका– ५ जिरो किमीस्थित धौलागिरी आगमन रेष्टुरेन्ट एण्ड लजमा जुवातास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–५ प्रस्याङ बस्ने म्याग्दी

अर्थतन्त्रका सूचक सकारात्मक देखिन थालेका छन्ः अर्थमन्त्री

बागलुङ । नेपाल सरकारका अर्थमन्त्री डा. प्रकाशशरण महतले देशको अर्थतन्त्र विस्तारै लयमा फर्किन थालेको बताएका छन् । उनले आफूलाई नभई

सदनमा उठेका विषयबारे जवाफ दिन सरकारलाई सभामुखको रुलिङ

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सदनमा सांसदहरुले उठाएका प्रश्न र जिज्ञासाको जवाफ दिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई निर्देशन दिएका

मोरङको बेलबारीमा भएको सडक दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको बेलबारी सडकखण्डमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ ।

संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै

काठमाडौँ । संघीय संसद्अन्तर्गत आज दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा)को बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि

शर्मिला वाइबा थप ४ दिन हिरासतमै रहने

काठमाडौँ । हाँस्य कलाकार पवन खतिवडा म्याकुरीलाई कुटपिट गरेको आरोपमा पक्राउ परेकी कथित अभियन्ता शर्मिला वाइबालाई ४ दिन म्याद थप

Techie IT