Techie IT
२०८२ असोज १, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालस्वरुप परिवर्तन गरेका २७ वटा मोटरसाइकल चालक ट्राफिक प्रहरीको कारबाहीमा

स्वरुप परिवर्तन गरेका २७ वटा मोटरसाइकल चालक ट्राफिक प्रहरीको कारबाहीमा


काठमाडौँ । स्वरुप परिवर्तन गरी चर्को आवाज निकाली ध्वनी प्रदुषण गराउने २७ ओटा मोटरसाइकल चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ।

नियमित चेकजाँचमा निरन्तर रुपमा कारवाही गर्दै आएकोमा गत शुक्रबार देखि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले अभियाननै संचालन गरेर स्वरुप परिवर्तन गरी चलाउने सवारी साधनका चालकलाई कारवाही गर्न थालेको हो।

जथाभावी रुपमा साइलेन्सर, लाईट, नम्बर प्लेट, लुकिङ ग्लास, सक, हेण्डिल लगायतका पुर्जाहरूलाई परिवर्तन गरी मोटरसाइकल चलाउदा सवारी दुर्घटना हुने भएकाले ट्राफिक प्रहरीले चेकजाँचलाई तिब्रता दिएको हो।

स्वरुप परिवर्तन गरि चलाइएका सवारी साधनबाट निस्कने चर्को आवाजले वृद्धवृद्धा, बालबालिका र संवेदनशील क्षेत्र (स्कुल तथा अस्पताल) मा प्रत्यक्ष असर पर्ने तथा ध्वनी प्रदुषण समेत हुने हुँदा त्यस्ता सवारी साधनलाई कारवाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले जानकारी दिएका छन्।

कारबाहीमा परेका मोटरसाइकलमा फेरिएका पार्टपुर्जा निकाली मापदण्ड अनुरुप राख्न लगाइएको पनि प्रवक्ता भट्टले जानकारी दिएका छन्।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा सवारी साधनको स्वरुप परिवर्तन गरी सवारी साधन चलाउदा १,००० देखि १५,००० सम्म जरिवाना हुने व्यवस्था रहेको छ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT