Techie IT
२०८१ जेठ १६, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालअमेरिका लैजाने भन्दै काठमाडौँमा बन्धक बनाइएका ११ भारतीयको उद्धार, ९ जना पक्राउ

अमेरिका लैजाने भन्दै काठमाडौँमा बन्धक बनाइएका ११ भारतीयको उद्धार, ९ जना पक्राउ


काठमाडौँ । अमेरिका पठाउने भन्दै काठमाडौँमा ल्याएर बन्धक बनाइएका ११ जना भारतीयलाई प्रहरीले उद्धार गरेको छ । बन्धक बनाउने नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ८ जना भारतीय र एक जना नेपाली नागरिक छन् । उनीहरुलाई मेक्सिको हुँदै अमेरिका लैजान काठमाडौँमा राखिएको अवस्थामा प्रहरीले उद्धार गरेको हो । प्रहरीका अनुसार उनीहरुसँग ४० देखि ४५ लाख भारतीय रुपैयाँ लिएर अमेरिका लैजाने भन्दै काठमाडौँमा बन्धक बनाइएको थियो ।

भारतबाट अमेरिका पठाइदिन्छु भनी काठमाडौँको एक घरमा ल्याएर राखी उनीहरुको परिवारका सदस्यबाट थप पैसा मगाउन लगाउने र नपठाएमा कुटपिट र यातना दिने गरेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख भूपेन्द्र खत्रीले जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ पर्ने भारतीय नागरिकमा इन्द्रसिंह यादव, निकुन गुप्ता, चरनजित सिंह, अशोक कुमार, अब्दुल रहिम, मनिषकुमार मलहोत्रा, रवि नेवाडे र रामचन्द्र शर्मा छन् । नेपाली नागरिकको भने नाम खुलाइएको छैन । नेपाली नागरिकले भने उनीहरुलाई नक्कली कागजात बनाएर सहयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।

उनीहरुविरुद्ध मानव बेचबिखन तथा ओसारपसार र अपहरण तथा शरीर बन्धक मुद्दामा अनुसन्धान गरिने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार यो प्रकरणको मुख्य योजनाकार इन्दुसिंह यादव हुन् ।

उनीहरुले मेक्सिको पुगेको देखाउन हरियो पर्दा, त्यहाँको समय जनाउने घडी, नक्कली हवाइ टिकट र बोर्डिङ पासहरु देखाएर बन्धक बनाइएकाहरुलाई परिवारबाट थप पैसा मगाउन लगाएको पाइएको प्रहरीको भनाइ छ ।

अमेरिका पठाउन एक जनाको ४० लाख भारतीय रुपैयाँ लाग्ने भन्दै उनहरुले घरबाट पैसा मगाउन लगाउने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देउवा निवासमा मधेश केन्द्रित दलका नेताको बैठक

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवासमा मधेश केन्द्रित दलका नेताहरू बैठकको लागि पुगेका छन् । सभापति देउवा निवास

कसैको अनुहार हेरेर करका दर हेरफेर गरेको हैनः अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले पालिकालाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने बताएका हुन् । हिजो संसदमा पेश

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पाण्डे नियुक्त

काठमाडौँ । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली कांग्रेस संसदीय दलका नेता

हिमाल संरक्षणमा सक्रिय हुन प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमाललाई प्रदूषणरहित बनाइराख्न र हिमाली क्षेत्रको संरक्षणमा सक्रिय हुन आह्वान गरेका छन् । ७१

गृहमन्त्री लामिछानेविरुद्ध रिटको सुनुवाइ स्थगन

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन गर्न माग गरिएको रिट निवेदन आज (बुधबार) सुनुवाइ नहुने भएको छ

अवरुद्ध नारायणगढ-बुटवल सडक खण्ड दुईतर्फी संचालन

काठमाडौँ । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड बुधबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट–९ थुम्सीमा पुलको

Techie IT