Techie IT
२०८१ जेठ १४, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालतनहुँः गर्मी बढेपछि पाँचदिन विद्यालय बन्द

तनहुँः गर्मी बढेपछि पाँचदिन विद्यालय बन्द


तनहुँ । अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच दिन बन्द भएका छन् । देवघाट गाउँपालिकाले सोमबारदेखि वडा नं १ र ५ का सबै विद्यालय पाँच दिन बन्द गर्ने निर्णय गरेको हो ।

केही दिनदेखि अत्यधिक गर्मीका कारण विद्यालयमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो आएका कारण उक्त दुई वडाका विद्यालयमा शैक्षिकसत्र २०८० को वर्षे बिदाबाट कट्टा हुनेगरी विद्यालय बन्द गर्ने निर्णय गरिएको देवघाट गाउँपालिका शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले जानकारी दिए ।

अन्य वडामा भने चिसो ठाउँ भएकाले विद्यालय बन्द गर्नु नपरेको उहाँले बताउनुभयो । अत्यधिक गर्मी बढेपछि जिल्लाका विभिन्न पालिकाले विद्यालयमा बिदा दिएका छन् ।

व्यास नगरपालिका–५ स्थित परासर माध्यमिक विद्यालयले आजदेखि गर्मी बिदा दिएको छ । व्यास नगरपालिकाको जेठ १९ गतेको निर्णयअनुसार गर्मी बढेकाले २६ गतेसम्म बिदा दिइएको विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले जानकारी दिनुभयो ।

गर्मी बढी नै भएको तथा विद्यालयमा सुख्खा मौसमका कारण खानेपानीको अभावसँगै पठनपाठनमा असजिलो भएकाले विद्यालय व्यवस्थापन समितिको आइतबारको निर्णयअनुसार बर्खे बिदाबाट कट्टी हुनेगरी बिदा दिइएको उनले बताए ।

व्यास नगरपालिकाले बर्खे बिदाबाट कट्टा हुनेगरी विद्यालय व्यवस्थापन समितिको निर्णय गराई बिदा दिनसक्ने निर्णय गरेको नगरपालिकाका शिक्षा अधिकृत नवीन पराजुलीले जानकारी दिए ।

बिदाका क्रममा स्वअध्ययन गर्न, सिकाइ बोझ नहुने गरी गृहकार्य दिन, सिर्जनशील सिकाइ क्रियाकलाप दिन र दिउँसोको समयमा घर बाहिर नजान सुझाव दिन अनुरोध गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मुगुको डोल्फु गाउँँमा हतियारधारी समूह द्वारा लुटपाट

    मुगु । मुगुको मुगुम कार्मारोङ गाउँँपालिका–१ डोल्फु गाउँमा हतियारधारी समूहले लुटपाट गरेको छ । गाउँका अधिकांश व्यक्ति यार्सागुम्बा

चार सवारी साधन एकापसमा ठोक्किदा १ जनाको मृत्यु, २२ घाइते

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सत्रकिलोमा गए राति चार सवारी साधन एकापसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा

बुढानीलकण्ठ नगरपालिकाका मेयरलाई १ महिना कैद गर्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले बुढानीलकण्ठ नगरपालिकाका मेयर मीठाराम अधिकारीलाई १ महिना कैद सजाय सुनाएको छ ।   काठमाडौँ जिल्ला

बजेट निर्माणको काम अन्तिम चरणमा: अर्थमन्त्री पुन

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले बजेट निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । आइतबार संसद् भवन नयाँ बानेश्वरमा

कांग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित भएको छ । सभामुख देवराज घिमिरेले

मन्त्री महासेठलाई उपहार भन्दै मेयर साहले पठाए एक ट्रक धूलो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका छन् । विगत

Techie IT