Techie IT
२०८२ असार १९, बिहीबार
NepaliPatra logo
गृहपृष्ठनेपालअध्यागमन विधेयक बहुमतले स्वीकृत भई राष्ट्रिय सभाबाट फिर्ता

अध्यागमन विधेयक बहुमतले स्वीकृत भई राष्ट्रिय सभाबाट फिर्ता


काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभामा विचाराधीन ‘अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव राष्ट्रियसभाबाट बहुमतले स्वीकृत भई फिर्ता गरिएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सो विधेयक सभासमक्ष पेश गरेका थिए । उनले सभाका उठेका प्रश्नको जवाफ दिँदै जतिसक्दो चाँडो अर्को विधेयक ल्याउने भएकाले अध्यागमन विधेयक २०७६ फिर्ता लिइएको प्रष्ट पारे ।

मन्त्री श्रेष्ठले भने, “अध्यागमन विधेयक, २०७६ अघिल्लो सरकारले प्रस्तुत गरी यससम्बन्धी ऐनका लागि पेश गरेको थियो । तत्कालका लागि वर्तमान सरकारले यसलाई फिर्ता गर्ने निर्णय गरेको छ । पछिल्लो समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा आएका फेरबदल, राष्ट्रिय सुरक्षामा सजक हुनुपर्ने परिस्थिति, अध्यागमनलाई अझ बढी व्यवस्थित र आधुनिक बनाउनुपर्नेलगायत कारणले सरकारले यसलाई फिर्ता लिने निर्णय गरेको हो ।” राष्ट्रिय सभाको बैठक २१ मिनेट स्थगित गरी पुनः सुरु भएको थियो ।

सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले ‘आर्थिक वर्ष २०८१–८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि सभाबाट छलफल गरियोस्’ भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गरेका थिए । राष्ट्रियसभाको अर्को बैठक यही फागुन १७ गते बिहीबार बिहान ११ बजेर १ मिनेटमा बस्ने भएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

संविधान सभा सदस्य रामअयोध्या यादवको निधन

काठमाडौं । संविधानसभा सदस्य रामअयोध्या यादवको निधन भएको छ । बाराको सुवर्ण गाउँपालिका २ कवहीजगात गाउँ घर भएका यादवको ७२

Techie IT