गृहपृष्ठ ∕ नेपाल ∕ धरानमा विमानस्थल बनाउन उपयुक्त देखिएन: प्राधिकरणधरानमा विमानस्थल बनाउन उपयुक्त देखिएन: प्राधिकरण नेपालीपत्र मंगलबार, २०८० फागुन १५ गते, १८:३० मा प्रकाशित नेपाल काठमाडाैँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीको धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ । प्राधिकरणले सूचना निकालेर धरानमा विमानस्थल उपयुक्त नरहेको जानकारी गराएको हो ।प्राधिकरणको सूचनामा तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा नजिकको अर्को विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने भएकोले धरानमा विमानस्थल उपयुक्त नहुने उल्लेख छ । यस्तै भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने, सडक यातायातको सहज उपलब्धताका कारण हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नरहेको लगायतका कारण धरानमा विमानस्थल आवश्यक नरहेको निष्कर्षमा पुगेको प्राधिकरणले जनाएको छ ।यसअघि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा विमानस्थल बनाउन दबाब दिएपछि प्राधिकरणले समिति बनाएर धरानमा विमानस्थल आवश्यक रहे/नरहेकोबारे अध्ययन गरेको थियो । प्राधिकरणकाे याे निर्णयप्रति भने मेयर साम्पाङले आपत्ति जनाएका छन् । #नेपाल नागरिक उड्डयन प्राधिकरणग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार जनआन्दोलनका घाइतेको समस्या सम्बोधन गर्ने स्वास्थ्यमन्त्री पौडेलको निर्णयकाठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सशस्त्र संघर्ष, जनआन्दोलन तथा तराई मधेश आन्दोलनका घाइतेको उपचारमा सहजता ल्याउने निर्णय त्रिशूली नदी किनारमा सावधानी अपनाउन धादिङ प्रशासनको आग्रहकाठमाडाैँ । त्रिशूली नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङले आग्रह गरेको छ । प्रशासनले सार्वजनिक सूचना निकालेर हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालसँग जोडियोकाठमाडाैँ । राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको जिल्ला हुम्लाको सदरमुकाम सिमकोट राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । चुवाखोला–कर्णाली नदीमाथि भोजपुरमा एकै परिवारका ४ जनाको हत्याकाठमाडौं । भोजपुरको रामप्रसादराई गाँउपालिका–२ धोद्लेखानीमा एकै परिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, भोजपुरका अनुसार भोजपुर नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनीकाठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रहस्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाेधेरै पढिएका खबर १ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग २ शङ्कर पोखरेल बेलायतमा ३ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ४ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा ५ समावेशी संविधान बन्नु ऐतिहासिक उपलब्धि होः प्रचण्ड ६ तरुण दलको अधिवेशनमा खुकुरी प्रहारबाट ४ जना घाइते ७ हङकङमा हुने चार देशीय क्रिकेट शृङ्खलाको खेल तालिका सार्वजनिकThe Film Nepal