Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालभरतपुरको भ्रमण वर्ष उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने

भरतपुरको भ्रमण वर्ष उद्घाटन प्रधानमन्त्री प्रचण्डले गर्ने


चितवन । भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको भरतपुर भ्रमण वर्षको उद्घाटन समारोहमा सहभागी हुन ५ जना पूर्व प्रधानमन्त्रीसहित मन्त्रीपरिषद्का पूर्व अध्यक्षसमेत चितवन आउने भएका छन् ।

भ्रमण वर्षको फागुन १८ गते भोलि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नारायणी नदी किनारमा एक समारोहका बीच दिउँसो १ बजे उद्घाटन गर्ने तय भएको छ । करिब ५० हजार सहभागी हुने उद्घाटन समारोहमा एमाले अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी ओली पनि सहभागी हुने जनाइएको छ ।

उनी भोलि दिउँसो हेलिकोप्टरबाट चितवन आउने कार्यक्रम छ । कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्रीसमेत रहेका एकीकृत समाजवादीका माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, एवम् मन्त्रीपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी पनि सहभागी हुने महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र रानाले जानकारी दिए । उनका अनुसार विभिन्न प्रदेश प्रदेश प्रमुख, मुख्यमन्त्रीहरु, मन्त्रीहरु, सांसदहरुसहित अति विशिष्ट ब्यक्तित्वहरुको उद्घाटन समारोहमा सहभागिता रहनेछ ।

उद्घाटन समारोहमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आज बिहीबार नै चितवन आउने कार्यक्रम छ भने बाँकी नेताहरु भोलि शुक्रबार आउने कार्यक्रम तय भएको छ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई पनि निम्तो गरिएकोमा उनी कार्यव्यस्थताका कारणले सहभागी हुन नसक्ने जनाएको महानगर सञ्चार विज्ञ सुरेशचन्द्र अधिकारीले जानकारी दिए । सत्ता गठवन्धनका नेताहरु सहभागी हुनुलाई सामान्य मानिए पनि एमाले अध्यक्ष ओली भरतपुर मेयरको निमन्त्रणलाई स्वीकार गरी आउन लागेकोलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

ओली प्रधानमन्त्री हुँदा नारायणगढ गोन्द्राङ्ग ६ लेनको सडक र भरतपुर सिटी हल शिलान्यास समारोहमा महानगर प्रमुख रेनु दाहाल सहभागी भएकी थिइनन् ।यसपटक नगर प्रमुख दाहाल आफैंले ओलीलाई फोन गरेर भ्रमण वर्ष समारोहमा सहभागी हुन निम्ता गरेकी थिइन् ।

उद्घाटन समारोहस्थललाई भव्य बनाउने कार्य अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिकृत रानाले जानकारी दिए । उद्घाटन समारोह अगाडि महानगरका २९ वटै वडाबाट विभिन्न झाँकीसहितको र्‍याली निकाल्ने र नारायणी नदी किनारमा जाने कार्यक्रम तय भएको छ । २ लाख बाह्य र ५ लाख आन्तरिक पर्यटक भित्र्याउने लक्ष्यसहित भरतपुर भ्रमण वर्ष सुरु गर्न लागिएको हो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT