Techie IT
२०८२ भदौ २९, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालरुसी सेनामा भर्ना भएका नेपाली फिर्ता ल्याउन सरकारले पहल गरिरहेको छः परराष्ट्रमन्त्री

रुसी सेनामा भर्ना भएका नेपाली फिर्ता ल्याउन सरकारले पहल गरिरहेको छः परराष्ट्रमन्त्री


काठमाडौँ । उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा भर्ना भएका नेपालीहरु फिर्ता ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिँदै रुसी सेनामा भर्ना भएका नेपालीहरूलाई फिर्ता ल्याउन सरकारले पहल गरिरहेको मन्त्री श्रेष्ठको भनाई छ ।

‘रुसी विदेश मन्त्रालयले सेनामा भर्ती भएकाहरू मध्ये घर फर्किन चाहनेहरूलाई करार रद्द गर्न सहयोग गर्नेबारे आफ्नो सैद्धान्तिक सहमति रहेको जानकारी गराएको छ । तर, त्यसको मोडालिटी तय हुन बाँकी रहेको छ,’ मन्त्री श्रेष्ठले भने, ‘यसबारे मस्को स्थित नेपाली राजदूतावासले निरन्तर फलोअप गरिरहेका छ । युक्रेनमा बन्दी बनाइएकाहरूको फोटो सार्वजनिक भएको छ । उहाँहरूलाई नेपाल फर्काउने प्रयास भइरहेको छ ।’

रुसी सेनामा सहभागी भएर मृत्यु भएका परिवारलाई क्षतिपूर्ति र बीमावापतको रकम उपलब्ध गराउने प्रक्रिया सुरु भइसकेको श्रेष्ठले जानकारी दिए ।

रुसी सेनामा रहेका नेपालीहरूको सन्दर्भमा र युक्रेनमा रुसी सेनामा भर्ती भएकै कारणले बन्दी बनाइएका नेपालीहरुबारे सरकारले सम्पूर्ण रूपले समस्या समाधान गर्ने संकल्पको साथ अघि बढिरहेको बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT