Techie IT
२०८१ वैशाख ३, सोमबार
NepaliPatra logo
गृहपृष्ठनेपालमिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क

मिटरब्याज पीडितका समस्या सुन्न सहजीकरण डेस्क


काठमाडौँ । गृह मन्त्रालयले मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सम्बोधनका लागि सहजीकरण ‘डेस्क’ स्थापना गर्न देशभरका जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिएको छ ।

गृह मन्त्रालय र मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर सङ्घर्ष समितिबीच गत फागुन २८ मा मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न चार बुँदे सहमति भएकाले सो सहमतिअनुसार डेस्क स्थापना गरी काम अघि बढाउन मन्त्रालयबाट निर्देशन गरिएको गृह प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

मिटरब्याजसम्बन्धी उजुरी, निवेदन र पीडितहरूका गुनासा तत्काल सुनुवाइ गर्न जिल्ला प्रशासन कार्यालयहरूमा अधिकृतस्तरको कर्मचारीलाई जिम्मेवारी तोकी सोसम्बन्धी विषय हेर्ने सहजीकरण डेस्कसमेत स्थापना गर्न र डेस्कमा खटिने कर्मचारीको विवरण (नामथर, पद, इमेल, सम्पर्क नम्बर तथा अन्य सम्पर्कका माध्यमहरू) कार्यालयको वेबसाइटमा सार्वजनिक गर्न जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन दिइएको छ ।

साथै मिटरब्याजसम्बन्धी पीडितहरूका गुनासो तत्काल सम्बोधन गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय तथा अन्य निकायसँग समन्वय गर्ने गरी गृह मन्त्रालयमा शाखा अधिकृत चिरञ्जीवी जिएमलाई मन्त्रालयको सम्पर्क व्यक्ति तोकिएको उहाँले जानकारी दिनुभयो । मिटरब्याज (अनुचित लेनदेन)सम्बन्धी गुनासोका लागि मोबाइल नम्बर : ९८५१३६०६०३ (भाइवर, ह्वाट्स एप म्यासेजका लागि), इमेल : meterbyaj@gmail.com तथा टोल फ्रि नम्बर १११२ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

वैवाहिक बलात्कारमा दोषी ठहरिएका पूर्वन्यायाधीश गिरी जेल चलान

काठमाडौँ । वैवाहिक बलात्कारको आरोपमा दोषी ठहरिएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा उपस्थित भएपछि जेल चलान भएका छन् ।

लगानी सम्मेलनको दुईदिने कार्यतालिका सार्वजनिक

काठमाडौँ । यहि वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौँमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई

संसदको चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको हो: सञ्चारमन्त्री

काठमाडौँ । सरकारले संसदको चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको बताएको छ । आइतवार मन्त्रीपरिषद् बैठकका निर्णय सार्वजनिक भएपछि सञ्चारकर्मीहरुले

दुई लाख मतपत्र छापिँदै

काठमाडौँ । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि करिब दुई लाख मतपत्र छापिने भएको छ । इलाम–२ र

चैत्राष्टामी मेलामा नेपाली सेनाको स्वास्थ्य सेवा केन्द्र

बागलुङ । प्रसिद्व बागलुङ कालिका मन्दिर परिसरमा सञ्चालन भईरहेको परम्परागत चैत्राष्टमी मेलालाई लक्षित गरि नेपाली सेनाले स्वास्थ्य सेवा केन्द्र स्थापना

संघीय संसदको हिउँदे अधिवेशनमा ३ वटा मात्रै विधेयक पारित

काठमाडौं । संघीय संसदको हिउँदे अधिवेशनमा ३ वटा विधेयक मात्रै पारित भएका छन् । विधेयक अधिवेशनको रुपमा लिइने संघीय संसदको

Techie IT