Techie IT
२०८२ कात्तिक ३, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालनेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति

नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति


काठमाडौँ । नेपाल मेडिकल कलेजको एनआइसियूको स्तरोन्नति गर्दै नयाँ वेड थप गरिएको छ । नवजात शिशुहरुको उपचारका लागि सञ्चालित १० वेडको एनआइसियूमा १४ वटा नयाँ वेडहरु थप गरि २४ वटा पुर्याइएको हो ।

शुक्रबार कलेजका प्रबन्ध निर्देशक प्रा.डा. जैनुद्धिन अन्सारीले थप गरिएका नयाँ वेडहरुको उद्घाटन गर्दै सघन उपचार आवश्यक नवजात शिशुहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न नयाँ एनआइसियू वेडहरु थप गरिएको बताए ।

समय अगाडी जन्मने शिशुहरु, कठिन अवस्थामा जन्म लिएका शिशुहरु तथा जन्मजातै कुनै रोगको शिकार भएका शिशुहरुलाई २४ सैं घण्टा विशेषज्ञ चिकित्सकको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्नका लागि एनआइसियू वेडहरु थप गरिएको प्रबन्ध निर्देशक प्रा।डा। अन्सारीले जिकीर गरे । ‘यसअघि १० वेडको एनआइसियू थियो । त्यसलाई अपग्रेट गरी अरु १४ वेड थपिएको छ । खासगरी समय अगाडी जन्मिएका, कुनै स्वास्थ्य समस्या भएका नवजात शिशुहरुलाई उच्च निगरानीमा राखि उपचार गर्नका लागि एनआइसियू चाहिन्छ । यसमा नवजात शिशुको उपचारका लागि कस्तो वातावरण आवश्यक पर्दछ त्यस्तै विधि र सिस्टम हुन्छ ।’ एनआइसियूले भर्खरै जन्मिएका शिशुहरुको स्वास्थ्य तथा उपचारमा टेवा पुग्ने भन्दै प्रा.डा. अन्सारीले भने ।

उनले कलेजको एनआइसियू सेवा अन्य निजी अस्पतालहरुको दाँजोमा सर्वसुलभ रहेको प्रष्ट्याउँदै आम नागरिकलाई कम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने रणनीति अपनाइएको जिकीर गरे । ‘नयाँ प्रविधि भन्ने वित्तिकै महंगो हुन्छ भन्ने हैन, हामी न्यूनतम शुल्कमा गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा दिन तत्पर छौं ।’ प्रा.डा. अन्सारी भने ।

एनआइसियूमा बालबालिकाको शरिरलाई आवश्यक पर्ने तापक्रम सेट हुन्छ । त्यहाँ भेन्टिलेटर, इन्क्यूवेटर, फोटोथेरापी, पल्स अक्सिमेट्री, फिडिङ ट्युव लगायतका साधन जडित हुन्छन् । शिशुको तापक्रम, मुटुको चाल, स्वासप्रस्वासको गति मापन गर्ने यन्त्रहरु समेत रहेकाले एनआइसियूमा प्रत्येक पल शिशुहरुको निगरानी गरी उपचार गरिन्छ ।

नेपाल मेडिकल कलेजले पछिल्लो समय स्वास्थ्य सेवातर्फ नविनतम उपचार विधिहरु भित्र्याउन लागेको प्रबन्ध निर्देशक प्रा।डा। अन्सारीले जानकारी दिए । कलेजको स्वास्थ्य सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन नयाँ सेवाहरु थालनी गर्न लागिएको भन्दै उनले चाडैं नै कलेजको सिटी स्क्यान, एमआरआईहरु अपग्रेट गरिने, कार्डियोलोजी र अंकोलोजी सेवाहरु थप गर्ने बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट

जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जली

काठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

Techie IT