Techie IT
२०८१ साउन ११, शनिबार
NepaliPatra logo
गृहपृष्ठनेपालदैलेखमा बँदेलकाे आक्रमणबाट ७ जना घाइते

दैलेखमा बँदेलकाे आक्रमणबाट ७ जना घाइते


काठमाडौँ । दैलेखमा बँदेलको आक्रमणबाट ७ जना घाइते भएका छन् । दैलेखको भैरवी गाउँपालिका– ६ मा बँदेलको आक्रमणमा परी ७ जना घाइते भएका हुन् ।

जंगलबाट मात्तिएर गाउँ पसेको बँदेलले आक्रमण गरेको हो। घाइते हुनेहरूमा गणेश सिजाली, लछुमन पुन मगर, रत्न बहादुर बराल, तर्कबहादुर पुन मगर, पुर्ण सिजाली, जयबहादुर थापा मगर र तिलक पौडेल रहेका छन् ।

बँदेल आक्रमणमा परेका ३ जना उपचारका लागि खम्बागाडे बजारको लाइफ केअर फार्मेसीमा भइरहेको वडाअध्यक्ष तुलबहादुर हमालले बताए । गणेश सिजालीलाई थप उपचारका लागि जिल्ला अस्पताल, दैलेखमा पठाइएको फार्मेसी सञ्चालक अर्जुन सुनारले जानकारी दिए ।

गत फागुनमा भैरवी ६ कै ६३ वर्षकी पवित्रा कँडेललाई बँदेलले घरमै आक्रमण गरेको थियो। बँदेलले उनको खुट्टाको साप्रो र हातको औंला चपाएको थियो ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

दोलखाको भीमेश्वर मन्दिरमा राष्ट्रपतिको क्षमा पूजा

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट दोलखाको भीमेश्वर मन्दिरमा क्षमा पूजा गरिएको छ । राष्ट्रपति पौडेलले संकल्प गरी पठाएको सामग्रीबाट

मौद्रिक नीतिः वैदेशिक रोजगारमा जानेलाई बिनाधितो ऋण उपलब्ध गराइने

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारमा जानेहरुका लागि बिनाधितो कर्जा उपलब्ध गराउने

मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक बर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति

संक्रमणकालीन न्यायको विषयमा कार्यदल सहमति नजिक

काठमाडौँ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक सकिएको छ । शुक्रबार सिंहदरबारस्थित गृह मन्त्रालयमा सम्पन्न

कोसीमा माओवादीका मन्त्रीले आज राजीनामा दिने

विराटनगर । कोसी प्रदेशमा नेकपा माओवादी केन्द्रका मन्त्रीहरूले सरकार छाड्ने भएका छन् । उनीहरूले शुक्रबार अपराह्नसम्म मुख्यमन्त्री हिक्मत कार्कीसमक्ष राजीनामा

मौद्रिक नीति सवा १२ बजे सार्वजनिक हुने

काठमाडौँ । नेपाल राष्ट्र बैंक सञ्चालक समितिले आर्थिक वर्ष २०८१–८२ को मौद्रिक नीति पारित गरेको छ । शुक्रबार बिहान बसेको

Techie IT