Techie IT
२०८२ असार २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालबजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन

बजेट कार्यान्वयनमा सुधार गर्न श्रम मन्त्रालयलाई समितिको निर्देशन


काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्षको खर्च निराशाजनक भएको भन्दै बजेट कार्यान्वयनमा सुधार गर्न निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको चालु आर्थिक वर्षको खर्चको अवस्था निराशाजनक रहेको ठहर गरेको हो ।

समितिले मन्त्रालयको बजेट कार्यान्वयनमा देखा परेका समस्याहरुको समाधान गरी बजेट कार्यान्वयनमा सुधार गर्न निर्देशन दिएको छ । समितिले नेपाली युवाहरुमा सीप विकासका लागि प्रभावकारी कार्यक्रम सञ्चालन गर्न र दक्ष जनशक्तिलाई वैदेशिक रोजगारीमा पठाउनेगरी पहल गर्न पनि सरकारलाई निर्देशन दिएको छ ।

बैठकले राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठानको संस्थागत क्षमता अभिवृद्धि गर्न जोड दिएको छ । साथै सो संस्थाबाट सञ्चालन हुने तालिम, कार्यक्रमहरुलाई विश्व बजारको माग र आवश्यकता अनुसार बनाउन पनि निर्देश गरिएको छ ।

समिति सभापति अब्दुल खानले नेपालमा सञ्चालित वैदेशिक रोजगार सेवा प्रदायक संस्थाहरुको नियमित अनुगमन तथा मूल्यांकन गरी वैदेशिक रोजगारीका क्षेत्रमा रहेका सबै प्रकारका ठगि तथा बद्मासीको अन्त्य गर्न पनि निर्देशन दिइएको जानकारी दिनुभयो । त्यसैगरी वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुलाई मताधिकार प्रयोग गर्ने अवस्थाको सुनिश्चितताको लागि आवश्यक पहल गर्न पनि सरकारलाई समितिको निर्देशन छ ।

समितिले विभिन्न देशमा अलपत्र अवस्थामा रहेका श्रमिकहरुको उद्धार गरी सर्वजनिक गर्न निर्देशन पनि दिएको छ । त्यसैगरी नेपालमा दर्ता भएका सबै प्रतिष्ठानहरु सामाजिक सुरक्षा कोषमा सूतिकृत गर्न र सबै श्रमिकहरुलाई सेवा, सुविधा उपलब्ध गराउन पनि निर्देशन गरिएको छ । त्यस्तै अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई पनि सामाजिक सुरक्षा कोषमा सुचिकृत गरी सुविधा उपलब्ध गराउन आग्रह गरिएको छ ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी

काठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा

नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रह

स्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे

आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले

कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेला

सुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास

६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमण

काठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन

ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइते

ताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा

Techie IT