Techie IT
२०८१ जेठ १६, बुधबार
NepaliPatra logo
गृहपृष्ठनेपालप्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग चिनियाँ अन्तराष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्षको शिष्टाचार भेट


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सी (सिआइडिसिए)का अध्यक्ष लु झाउहुईले आज शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा उनीहरूबीच नेपालको आर्थिक विकासका साथै आसन्न लगानी सम्मेलनका विषयमा छलफल भएको प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. रुपक सापकोटाले जानकारी दिए ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमणबाट दुई देशबीच रही आएको सम्बन्धले थप उचाइ लिँदै गएको र द्विपक्षीय सम्झौताहरूको कार्यान्वयनमा गति पैदा भएको बताए ।

“नेपाल र चीनबीचका थप नाकाहरु सञ्चालनमा आएका छन्, यसले सीमा क्षेत्रका जनतालाई राहत पुगेको छ,” प्रधानमन्त्रीले भने, “नेपालमा हुन लागेको लगानी सम्मेलनमा पनि चिनियाँ लगानीकर्ताले चासो राखेको पाएको छु ।”

अध्यक्ष झाउहुईले चिनियाँ लगानीकर्ताले नेपालको विद्युत् प्रशारण लाइन निर्माण र टोखा–छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययन लगायतका क्षेत्रमा लगानी गर्न चाहेको बताएका थिए ।

भेटमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा।सापकोटा, चीनका लागि नेपाली राजदूत बिष्णुपुकार श्रेष्ठ, परराष्ट्र मन्त्रालयका अधिकारी एवं नेपालका लागि चिनियाँ राजदूत छेन सङलगायतका अधिकारीहरू उपस्थित थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

अवरुद्ध नारायणगढ-बुटवल सडक खण्ड दुईतर्फी संचालन

काठमाडौँ । दुई दिनदेखि अवरुद्ध नारायणगढ–बुटवल सडकखण्ड बुधबार बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको छ । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैंडाकोट–९ थुम्सीमा पुलको

महासचिव गुटेरेससँग सचिव लम्सालको भेट

काठमाडौँ । परराष्ट्रसचिव सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग मङ्गलबार भेटघाट गरेकी छन् । भेटका अवसरमा नेपाल र राष्ट्रसङ्घको

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस

काठमाडौँ । आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा मे २९ को

पूँजीगत बजेट ५० अर्बले बढ्यो (पूर्णपाठसहित)

काठमाडौँ । सरकारले आउँदो आर्थिक वर्ष २०८१/८२ का लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ

बजेटमा राजस्वमार्फत १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ उठाउने

काठमाडौँ । सरकारले आगामी वर्षका लागि विनियोजन गरिएको बजेटमा राजस्वमार्फत १२ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ उठाउने भएको छ

बनेपामा फिल्म स्टुडियो र दोलखामा फिल्म सिटी बनाइने

काठमाडौँ । सरकारले काभ्रेको बनेपामा चलचित्र छायांकन स्टुडियोको निर्माण सुरु गर्ने भएको छ । मंगलबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक

Techie IT