Techie IT
२०८१ जेठ १३, आईतबार
NepaliPatra logo
गृहपृष्ठनेपालरेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठ तथा निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर गरेको मुद्दामा मिसिल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

रेशमले दायर गरेको सो मुद्दामाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले सो आदेश जारी गरेको हो ।

टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेको थियो ।

निर्वाचन आयोगले अध्यक्षमा रन्जिता श्रेष्ठलाई नै सदर गरेपछि रेशम चौधरी निर्वाचन आयोग र रन्जितालाई विपक्ष बनाएर उत्प्रेषणको आदेश जारी गरिपाऊ भने रिट दायर गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

मन्त्री महासेठलाई उपहार भन्दै मेयर साहले पठाए एक ट्रक धूलो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धूलो उपहार पठाएका छन् । विगत

छानबिन समितिको कार्यादेश टुंगो लगाउन शीर्ष नेताहरुको बैठक बस्दै

काठमाडौँ । सहकारीको बचत हिनामिना प्रकरण छानबिनका लागि गठन गरिने संसदीय छानविन समितिको कार्यादेश टुंगो लगाउन आज प्रमुख राजनीतिक दलका

प्रतिनिधिसभाको बैठक बस्दै, नीति तथा कार्यक्रम पारित गर्ने कार्यसूची

काठमाडौँ । आज प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा आइतबार बिहान ११ बजेका लागि बोलाइएको छ

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको छ । शुक्रबार

नेपालमा कोभिड–१९ को नयाँ ‘सब भेरियन्ट’ पुष्टि

काठमाडौँ । नेपालमा कोभिड–१९ को नयाँ ‘सब भेरियन्ट’ केपी पुष्टि भएको छ । गत दुई महिनायता देशभर कोभिड –१९ पुष्टि

जीबी राईको राहदानी रद्द गर्न नमिल्ने विभागको ठहर

काठमाडौँ । राहदानी विभागले विभिन्न सहकारीको अर्बौं रकम घोटालामा गरेर भागेका फरार जिबी राईको राहदानी रोक्का वा रद्द गर्न नमिल्ने

Techie IT