गृहपृष्ठ ∕ नेपाल ∕ क्रिकेटर सन्दीप लामिछाने निर्दाेष ठहरक्रिकेटर सन्दीप लामिछाने निर्दाेष ठहर नेपालीपत्र बुधबार, २०८१ जेठ २ गते, १७:३२ मा प्रकाशित नेपाल काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेले बलात्कार मुद्दामा सफाइ पाएका छन् । उच्च अदालत पाटनले आज क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा निर्दाेष ठहर गर्दै सफाइ दिएकाे हाे ।उच्च अदालत पाटनका न्यायाधीशहरू सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालत काठमाण्डाैकाे फैसला उल्ट्याउँदै सन्दीपलाई निर्दोष ठहर गरेकाे हाे ।यसअघि बलात्कारको कसुरमा दोषी ठहर गर्दै सन्दीपलाई जिल्ला अदालत काठमाडौँले आठ वर्ष कैद र पाँच लाख जरिबानाकाे सजाय सुनाएकाे थियाे । याे फैसलाविरुद्ध सन्दीपले उच्च अदालत पाटनमा पुनरावेदन गरेका थिए ।२०७९ सालको भदाै २१ गते गाैशाला २६ (नाम परिवर्तन) ले जबर्जस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा किटानी जाहेरी दिएकी थिइन् ।उच्च अदालतको याे फैसलासँगै सन्दीपले टी–२० विश्वकप क्रिकेट खेल्ने बाटाे खुलेकाे छ । जिल्ला अदालतले दोषी ठहर्याएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले उनलाई निलम्बनमा राखेको थियो । #Sandeep Lamichhaneग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्तकाठमाडौं । मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी पदमुक्त भएकी छन् । मन्त्रिपरिषद्को सोमबारको निर्णय र सिफारिस बमोजिम राष्ट्रपति रामचन्द्र ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानितकाठमाडौँ । द ब्रिटिस कलेज (टीबीसी)को ११ औं ग्राजुयसन समारोह सम्पन्न भएको छ । शुक्रबार द सोल्टीमा ब्रिटिस एजुकेशन ग्रुप देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरारकाठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभरका २७ वटा कारागारबाट भागेका अधिकांश कैदीबन्दी अझै फर्किएका छैनन् । देशका २७ वटा कारागारबाट जेनजी आन्दोलनमा निधन भएका खेलाडी श्रेष्ठप्रति श्रद्धाञ्जलीकाठमाडौं । जेनजी आन्दोलनका क्रममा निधन भएका क्रिकेट खेलाडी सुलभराज श्रेष्ठप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ । मंगलबार त्रिपुरेश्वरस्थीत राष्ट्रिय खेलकुद नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणकाठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदैकास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको होधेरै पढिएका खबर १ चर्चामा संसारकै पातलो होटल ‘पिटूरुम्स’ २ मधेश प्रदेश प्रमुख भण्डारी पदमुक्त ३ ‘बलिदान’को ओएसटी गीत ‘यो ज्यान बलिदान’ सार्वजनिक, मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पण ४ भैरहवा भन्सार कार्यालयले अस्थायी संरचनाबाट अत्यावश्यक सामाग्री ल्याउदै ५ ब्रिटिस कलेजको ११ औँ ग्राजुयसनमा ६०० भन्दा बढी ग्राजुयट सम्मानित ६ देशभरका २७ वटा कारागारका ९ हजार बढी कैदीबन्दी अझै फरार ७ नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहणThe Film Nepal