Techie IT
२०८२ भदौ ३१, मंगलबार
NepaliPatra logo
गृहपृष्ठनेपालआज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस

आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस


काठमाडौँ । आज अन्तर्राष्ट्रिय जैविक विविधता दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जैविक विविधताका मुद्दाप्रतिको बुझाइ र सचेतना वृद्धि गर्ने उद्देश्यले संयुक्त राष्ट्रसङ्घको आह्वानमा हरेक वर्ष मे २२ तारिखमा यो दिवस मनाउने गरिएको छ ।

यस वर्षको जैविक विविधता दिवसको नारा ‘योजनाको हिस्सा बन्नुहोस्’ रहेको छ । अर्थात् यस वर्ष राष्ट्र र राष्ट्रप्रमुखहरूलाई जैविक विविधता प्रति थप गतिशिल हुन जैविक विविधता योजनाको हिस्सा बन्न आग्रह गरिएको संयुक्त राष्ट्रसङ्घले जनाएको छ ।

जैविक विविधता भन्नाले पृथ्वीमा रहेका सबै प्रकारका जीवजन्तु तथा वनस्पतिका आणुवंशिक, प्रजातिगत र पारिस्थितिक प्रणाली विविधता भनेर बुझिन्छ । नेपाल भौगोलिक रूपले सानो देश भए पनि, जैविक विविधताको हिसाबले विश्वको २५ औँ र एसियाको ११ औँ स्थानमा रहेको छ ।

विश्वमा पाइने कुल वनस्पती प्रजातिको ३ दशमलव दुई प्रतिशत र कुल जीवजन्तु प्रजातिको एक दशमलव एक प्रतिशत नेपालमा पाइन्छ । यी प्रजातिहरूमध्ये कैयौँ रैथाने प्रजाति छन् । केही नेपालमा मात्रै पाइने प्रजाति पनि छन् । विविध भूबनोट, दुर्लभ जीव र वनस्पति प्रजाति रहेको नेपालको जैविक विविधता महत्त्वपूर्ण छ । नेपालमा अहिलेसम्म वनस्पतिका झण्डै १२ हजार प्रजाति सूचीकृत भइसकेका छन् ।

यस्तै, पक्षी ८९५, माछा २३०, स्तनधारी २१८ र सरिसृपका ११७ प्रजाति सूचीकृत छन् । नेपालमा ५ सयभन्दा बढी प्रजातिका अन्नबाली खान योग्य छन् । त्यसमध्ये २ सय प्रजातिको खेती गरिन्छ । बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्रका बरिष्ठ माटो विज्ञ बलराम रिजालले जैविक विविधताको चर्चा गर्दा कृषी जैविक विविधता ओझेलमा पर्ने गरेको बताए ।

कृषि प्रणालीलाई किरा तथा शुक्ष्म जीवहरुले पनि महत्त्वपूर्ण भूमिका खेलिरहेका हुन्छन् । तर पछिल्लो समयमा बिषादी तथा रासायनिक मलको प्रयोगले गर्दा मासिदै गएका उहाँको भनाई छ । जलवायु परिवर्तनका कारण सृजित समस्यामा पनि हाम्रा रैथाने बालीहरु महत्वपूर्ण हुने संरक्षण केन्द्रका वरिष्ठ माटो विज्ञ बलराम रिजाल बताउँछन् ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा पदभार ग्रहण

काठमाडौं । पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा प्रधानमन्त्री सुशीला कार्कीले आज पदबहाली गरेकी छन् । केहीबेर अघि नवनियुक्त

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

Techie IT