Techie IT
२०८२ जेठ १०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठअर्थकसैको अनुहार हेरेर करका दर हेरफेर गरेको हैनः अर्थमन्त्री पुन

कसैको अनुहार हेरेर करका दर हेरफेर गरेको हैनः अर्थमन्त्री पुन


काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले पालिकालाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने बताएका हुन् । हिजो संसदमा पेश गरेको बजेटबारे आज आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पुनले पालिकालाई आर्थिक, राजनीतिक र प्रशासनिक केन्द्रका रूपमा विकास गर्ने लक्ष्यसहित आउँदो आर्थिक वर्षको बजेट ल्याएको बताए ।

पालिकामा औद्योगिक प्रवर्द्धन, पूर्वाधार विकास, शैक्षिक सुधार र स्वास्थ्य संस्थाको स्थापनालगायतका लक्ष्य बजेटमार्फत लिइएको उनको भनाइ छ । यस्तै अर्थमन्त्री पुनले कसैको अनुहार हेरेर करका दर हेरफेर नगरेको दाबी पनि गरे । कच्चा पदार्थअनुसार नै भन्सार दर र अन्तःशुल्क कायम गरिएको भन्दै उनले करका दर औचित्यसहित परिवर्तन गरिएको बताए ।

अर्थमन्त्री पुनले आउँदो आर्थिक वर्षका लागि ल्याइएको बजेटले युवा पुस्तालाई नयाँ अवसर देखाएको समेत बताए । उनले बजेटमा केही प्राविधिक त्रुटि देखिए पनि अन्य हिसाबले सही रहेको दाबी गरे ।

अर्थमन्त्री पुनले बजेट बोक्ने झोला नेपाली प्रयोग भएको र अब आफ्नो मन्त्रालयमा नेपाली फर्निचर मात्रै प्रयोग गर्ने योजना रहेको समेत बताए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

भारतबाट १० महिनामा ४ करोड ६० लाखको खरबुजा भित्रियो

झापा । पूर्वीनाका काँकडभिट्टा हुँदै चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा चार करोड ६१ लाख ३४ हजारको खरबुजा भारतबाट

जंगलमा फलेको काफल पाल्पाका स्थानीयको आम्दानीको श्रोत

पाल्पा । पाल्पामा जंगलमा फलेको काफल स्थानीयको आम्दानीको श्रोत बन्न थालेको छ । पहाडी भूगोलको पाखा पखेरा र बारीका कान्लामा

मेची भन्सारद्वारा १० महिनामा करिब १३ अर्ब राजस्व सङ्कलन

झापा । मेची भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०८१/८२ को १० महिनामा १२ अर्ब ९४ करोड २० लाख ६० हजार

रेशमा चियाको व्यावसायिक उत्पादन शुरु

बागलुङ । झाडी फाँडेर लगाइएको चियाले उत्पादन दिन थालेपछि यहाँका चिया किसान उत्साहित भएका छन् । बागलुङको काठेखोला गाउँपालिका–७ रेशमा

चितवनमा पौडी पोखरीमा डुबेर एक जनाको ज्यान गयो, आठ जना…

चितवन । चितवनको भरतपुर महानगरपालिका–२२ का २५ वर्षीय लोकेश महतोको पौडी पोखरीमा डुबेर ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका

भदौ ११ गतेदेखि १६ गतेसम्म ‘नाडा अटो शो’

काठमाडाैँ । आउँदो भदौ ११ देखि १६ गतेसम्म ‘नाडा अटो शो २०२४’ आयोजना हुने भएको छ । अटोमोबाइल्स एशोसिएशन अफ

Techie IT