Techie IT
२०८२ भदौ २०, शुक्रबार
NepaliPatra logo
गृहपृष्ठनेपालराष्ट्रियसभाको जेठ मसान्तसम्मको बैठकको कार्य तालिका सार्वजनिक

राष्ट्रियसभाको जेठ मसान्तसम्मको बैठकको कार्य तालिका सार्वजनिक


काठमाडौँ । राष्ट्रिय सभाको जेठ मसान्तसम्मको बैठकको कार्य तालिका सार्वजनिक भएको छ । शुक्रवार सिंहदरबारमा सम्पन्न राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकले जेठ मसान्तसम्मको कार्य तालिका टुंगो लगाएर सार्वजनिक गरेको हो ।

कार्य तालिका अनुसार अब जेठ मसान्तसम्ममा राष्ट्रिय सभाको पाँच दिन बैठक बस्नेछ । अब २० गते आइतबार बस्ने बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल सुरु हुनेछ ।

२० गते नै लगानी सहजीकरण सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ निणर्यार्थ प्रस्तुत हुने, मिडिया काउन्सिल विधेयक, २०८० माथि सैद्धान्तिक छलफल हुने र सुरक्षित कारोबार विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश हुनेछ ।

२१ गते, २२ गते पनि राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफल नै जारी हुनेछ । २२ गते नै राजस्व र व्ययको वार्षिक अनुमानमाथि उठेका प्रश्नको अर्थमन्त्री वर्षमान पुनले जवाफ दिनेछन् ।

२८ गते सवारी दुर्घटना न्यूनीकरण सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल तथा मिडिया काउन्सिल विधेयक, २०८० लाई दफावार छलफलका लागि समितिमा पठाइने कार्य तालिका छ ।

महिनाको अन्तिम बैठक अर्थात् २९ गते राष्ट्रिय मानव अधिकार आयोग र राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन पेश हुने तथा सुरक्षित कारोबार विधेयक सम्बन्धी समितिको प्रतिवेदनमाथि छलफल तथा पारित गर्ने कार्य तालिका छ ।

बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद भट्टराईले राष्ट्रिय सभाको बैठकलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि सकारात्मक सहयोग गर्न राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सबै दललाई आग्रह गरेका थिए ।




ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।



तपाईको प्रतिक्रिया दिनुहोस


थप समाचार

पोखराबाट भुटानको पारोमा अन्तर्राष्ट्रिय उडान हुँदै

कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भुटान सिधा उडान हुने भएको छ । भुटान एयरलायन्सले पारो–पोखरा–पारो चार्टर उडान गर्न लागेको हो

लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन

काठमाडाैँ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुन मगरको निधन भएको छ । नेकपा एमालेबाट रुकुम पूर्वकी समानुपातिक सांसद रहेकी

५ महीनामा ३ हजार २८१ विपद्का घटन, २०७ जनाको मृत्यु

काठमाडौं । गत वैशाखदेखि यही भदौ १४ गतेसम्म देशभर कुल ३ हजार २८१ वटा विपद्का घटना घटेका छन् । ती

वीरगञ्जमा ४० जनामा हैजा संक्रमण पुष्टि

काठमाडौं । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मुर्लीको नयाँटोलमा हैजासँग लक्षण मिल्ने बिरामी फेला परेका छन । हैजाको संक्रमण पहिचानका

लिपुलेक नेपालको अभिन्न भू-भाग हो : परराष्ट्र मन्त्रालय

काठमाडाैँ । परराष्ट्र मन्त्रालयले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न भू-भाग रहेको स्पष्ट पारेको छ । नेपाली भूमि लिपुलेक हुँदै

कोरिया जान १ लाख ३ हजार आवेदन

काठमाडौं । सन् २०२५ मा रोजगार अनुमति प्रणाली इपिएस मार्फत दक्षिण कोरिया जानका लागि एक लाख तीन हजार जनाको आवेदन

Techie IT