गृहपृष्ठ ∕ नेपाल ∕ कान्ति लोकपथ आजदेखि दैनिक तीन घण्टा खुल्नेकान्ति लोकपथ आजदेखि दैनिक तीन घण्टा खुल्ने नेपालीपत्र सोमबार, २०८१ जेठ २१ गते, १३:१० मा प्रकाशित नेपाल काठमाडौँ । हेटौँडा हुँदै ललितपुर जोड्ने कान्ति लोकपथ सोमबारदेखि दैनिक तीन घण्टा खुल्ने भएको छ । सोमबार बिहान ९ बजेदेखि १२ बजेसम्म र साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म कान्ति लोकपथ सडक खुल्ने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।प्रहरीका अनुसार बिहान ४ बजेदेखि ९ बजेसम्म र दिउँसो १२ बजेदेखि ६ बजेसम्म सडक बन्द रहनेछ । जेठ २५ गतेबाट कान्ति लोकपथ सडक पूर्ण रुपमा सुचारु हुने प्रहरी चौकी भट्टेडाँडा ललितपुरले जानकारी दिएको छ । ललितपुरको बागमती गाउँपालिका–२ रातोभिरमा सडक निर्माण गर्ने क्रममा ढुङ्गा माटो झरेर सडक भासिएकाले सडक पूर्णरुपमा बन्द थियो ।यसअघि मर्मतका लागि गएको चैत १ गतेदेखि ४५ दिनका लागि सडक बन्द गरिएको थियो । बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने कान्ति लोकपथ मकवानपुरको हेटौँडाबाट ठिंगन हुँदै बगुवा, काल्चे, भट्टेडाँडा, तीनपाने, टीकाभैरव हुँदै ललितपुरको सातदोबाटोसम्म पुग्छ । जम्मा ९२ किलोमिटर लम्बाइ रहेको कान्ति लोकपथ २०१३ सालमा शिलान्यास गरिएको थियो । #कान्ति लोकपथग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भने sales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ । तपाईको प्रतिक्रिया दिनुहोसथप समाचार नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनीकाठमाडौं । सरकारले यस वर्ष नेपालमा डेङ्गु सङ्क्रमणले भयावह रूप लिनसक्ने चेतावनी दिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा नेपालमा लगानी गर्न स्पेनका व्यवसायीलाई प्रधानमन्त्री ओलीको आग्रहस्पेन । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी विस्तार गर्न स्पेनका उद्यमी र व्यवसायीलाई आग्रह गरेका छन् । स्पेनमा रहेकाे आगामी वर्ष २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने सरकारको…काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा २ सय वटा झोलुङ्गे पुल निर्माण गर्ने लक्ष्य लिएको छ । शहरी विकास मन्त्रालयले कर्णालीमै पहिलोपटक वृतिमार्ग निर्देशन तथा रोजगार मेलासुर्खेत । कर्णाली प्रदेशमा पहिलोपटक वृत्तिमार्ग निर्देशन तथा रोजगार मेला, २०८२ आयोजना हुने भएको छ । प्रदेश सरकार सामाजिक विकास ६ महिनामा साढे पाँच लाख पर्यटकद्वारा नेपाल भ्रमणकाठमाडाैँ । सन् २०२५ को पहिलो ६ महिनामा साढे पाँच लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन ताप्लेजुङमा पहिरोले घर पुरिँदा ५ जना घाइतेताप्लेजुङ । ताप्लेजुङको सिदिङबा गाउँपालिकाको आङखोपमा पहिरोले घर पुरिँदा पाँच जना घाइते भएका छन् । हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदाधेरै पढिएका खबर १ संसदमा प्रतिपक्षी दलद्वारा गृहमन्त्री लेखकको राजीनामा माग २ गभर्नर नियुक्तिमा भइरहेको ढिलाइप्रति कांग्रेस संसदीय दलमा सरकारको आलोचना ३ माओवादी केन्द्र मधेश प्रदेश संसदीय दलका नेताले दिए राजीनामा ४ संविधानको रक्षाका लागि प्रमुख तीन दलका शीर्ष नेताहरू एकसाथ उभिने ५ रास्वपाको पहिलो महाधिवेशन वैशाखमा ६ शङ्कर पोखरेल बेलायतमा ७ वैशाख ५ गते नेपाल आउने भए रोबर्टो कार्लोसThe Film Nepal